भारतीय शेयर बजारमा दोश्रो दिन पनि उछाल जारी, विश्व बजारमै हरियाली

Sep 13, 2022 01:08 PM Merolagani

भारतीय शेयर बजारमा निरन्तर दोश्रो दिन उछाल देखिएको छ । विश्व शेयर बजारमा नै उत्साह देखिएको समयमा सेन्सेक्स र निफ्टीमा वृद्धि देखिएको हाे । भारतको शेयर बजार मंगलबार खुल्नासाथ ९९ अंकको बढोत्तरी देखियो । निफ्टी १८ हजार विन्दुभन्दामाथि कारोबार भइरहेको छ ।

यस्तै सेन्सेक्समा करिब ४०० अंकको उच्च वृद्धि भएको छ । प्रि ओपन सेसनमा शेयर बजारमा ६० हजार ५०० विन्दुभन्दा माथि कारोबार भइरहेको छ ।

अमेरिकी शेयर बजारमा वृद्धि भएसँगै त्यसको प्रभाव भारतीय शेयर बजारमा पनि देखिएको हो । शुक्रबारयता अमेरिकाको शेयर बजार पुनः लयमा फर्किएकाे हो ।

भारतको शेयर बजारमा मंगलबार बजाज फिनसर्वको शेयर पाँच प्रतिशतभन्दा धेरैले बढेको छ । यस्तै, एचसीएलको बजारमा गिरावट देखिएको छ । यसबाहेक निफ्टीका टप गेनर्समा एचडिएफसी लाईफ, बजाज फिनसर्व, एसबीआई लाईफ, ब्रिटानिया र कोयल इन्डिया समावेश छन् ।

विश्व बजारमा पनि हरियाली

विश्व बजारमा हाल कच्चा तेल सात महिना यताकै सस्तो रहेको छ । अर्कोतर्फ डलरमा वृद्धि देखिएको छ जसकारण अमेरिकी शेयर बजारमा हरियाली देखिएको छ । यसैगरी, एशियाली शेयर बजार पनि सकरात्मक रहेको छ । जापानको निक्केई ०.१९ प्रतिशतले वृद्धि भएको छ । यस्तै चीनको शांघाई कम्पोजिट पनि ०.३३ प्रतिशतले बढेको छ । हङकङको शेंसेंगमा पनि ०.४७ प्रतिशतले बढोत्तरी देखिएको छ ।

सोमबार पनि भारतीय शेयर बजार अल टाईम हाई

भारतको शेयर बजारमा सोमबार पनि उछाल देखिएको थियो । अल टाइम हाईमा पुगेको भारतीय शेयर बजारको सेनसेक्समा ३१२.२६ अंकले बढेको थियो । सोमबार बजार बन्द हुने समयमा सेन्सेक्स ६० हजार १०५.४० विन्दुमा पुगेको थियो । यसैगरी, निफ्टी ५० सूचकमा पनि वृद्धि देखिएको थियो । निफ्टी ९७.५० अंकले बढेर १७ हजार ९३०.८० विन्दुमा बन्द भएको थियो ।

comments powered by Disqus