कम्पनीले व्याज तथा जरिवनाशुल्कमा ५० प्रतिशत छुट दिन भएको हो ।
कम्पनीका बीमितले २०७७ असोज ४ गतेदेखि व्यतित भएका बीमालेखहरु २०७९ असोज ५ गते देखि कार्तिक ३० गतेसम्म नविकरण गरे ब्याज तथा जरिवनामा शुल्कमा ५० प्रतिशत छुट प्रदान गर्ने जनाएको छ ।
व्यतित बीमालेख नविकरण गर्दा दिइएको छुट सुविधा बीमा अवधिभर एक पटक मात्रै उपलब्ध गराउने कम्पनीले जनाएको छ ।
व्यतित भएको बीमालेखले बीमा जोखिम बहन नगर्ने हुँदा समयमै बीमालेख नविकरण शुल्क भुक्तानी गरी व्याज तथा जरिवना छुटको लाभ लिन कम्पनीले आग्रह गरेको छ ।