रुरु जलविद्युतले १० प्रतिशत लाभांश वितरण गर्ने, साधारणसभा कहिले?

Sep 25, 2022 08:18 AM Merolagani

रुरु जलविद्युत (RURU) ले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई १० प्रतिशत लाभांश वितरण गर्ने भएकाे छ।

कम्पनीको असोज ७ गते सम्पन्न सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई चुक्ता पूँजीको १० प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

उक्त लाभांश पारित गर्न कम्पनीले कार्तिक ७ गते बानेश्वर ब्याङ्कवेटमा दिउसो १ बजे साधारणसभा बोलाएको छ। उक्त साधारणसभाले पारित गरेपछि प्रस्तावित लाभांश शेयरधनीहरुले पाउने छन्।

साधारणसभा प्रयोजनको लागि कम्पनीले असोज २७ गते शेयरधनी किताब बन्द गर्ने भएकोले असोज २६ गतसम्म कायम शेयरधनीले प्रतावित लाभांश र साधारणसभामा भाग लिन पाउने छन्।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।