युनिलिभर नेपालले घोषणा गर्यो लाभांश, बुकक्लोज कहिले?

Nov 03, 2022 10:27 AM Merolagani



युनिलिभर नेपाल लिमिटेड (UNL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

कम्पनीले आर्थिक वर्ष २०७८/७९ को लागि प्रति कित्ता १ हजार २१५ रुपैयाँ नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। कात्तिक १६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

सो बैठकले लाभांश वितरण प्रयोजनार्थ मंसिर ४ गतेदेखि २० गतेसम्म बुकक्लोज गर्ने निर्णय पनि गरेको छ। यस अनुसार मंसिर १ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लाभांश प्राप्त गर्न सक्नेछन्।