युनिलिभर नेपालले घोषणा गर्यो लाभांश, बुकक्लोज कहिले?

Nov 03, 2022 10:27 AM Merolagani



युनिलिभर नेपाल लिमिटेड (UNL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

कम्पनीले आर्थिक वर्ष २०७८/७९ को लागि प्रति कित्ता १ हजार २१५ रुपैयाँ नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। कात्तिक १६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

सो बैठकले लाभांश वितरण प्रयोजनार्थ मंसिर ४ गतेदेखि २० गतेसम्म बुकक्लोज गर्ने निर्णय पनि गरेको छ। यस अनुसार मंसिर १ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लाभांश प्राप्त गर्न सक्नेछन्।




८१ लाख डिम्याट धारकलाई थाहा नभएको त्यो रहस्य: अर्थ समितिमा खुल्यो शेयर बजारको असली रूप !

Oct 01, 2026 02:48 PM

सुवास निरौला
नेपालको पूँजी बजारमा सर्वसाधारणको सहभागिता संख्यात्मक हिसाबले नयाँ उचाइमा पुगेको देखिए पनि त्यसको गुणात्मक फैलावट र दोस्रो बजारको वास्तविक पहुँचमा भने गम्भीर खाडल देखिएको छ।