एभरेष्ट बैंकले साढे २० प्रतिशत लाभांश वितरण गर्ने, बोनस कति?

Nov 06, 2022 10:26 AM Merolagani



एभरेष्ट बैंक लिमिटेड (EBL) ले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

बैंकले हाल कायम चुक्ता पूँजीको १३ प्रतिशत बोनस शेयर र सोको बर प्रयोजनार्थ सहित ७.६८ प्रतिशत नगद लाभांश गरी कुल २०.६८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

कात्तिक १८ गते शुक्रबार बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

हाल बैंकको चुक्ता पूँजी ९ अर्ब ४२ करोड ७३ लाख ४० हजार २०९ रुपैयाँ रहेको छ। १३ प्रतिशत बोनस शेयर वितरण पश्चात बैंकको चुक्ता पूँजी १० अर्ब ६५ करोड २८ लाख ९४ हजार ४३६ रुपैयाँ १० पैसा पुग्नेछ।




हाइडोपावर कम्पनीहरूको नाफामा उछालः कुन कम्पनीको वित्तीय अवस्था कति बलियो ?

Aug 21, 2026 05:32 AM

गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा हाइडोपावर कम्पनीहरूको खुद नाफा औसतमा ४ सय ७१ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। कुल १ सय ११ वटा हाइडोपावर कम्पनीहरूको वित्तीय विवरण अनुसार ९१ वटा कम्पनी खुद नाफामा रहेका छन् भने २० वटा कम्पनी अझै घाटामा रहेका छन्।