हिमालयन डिस्टिलरीको ७० प्रतिशत लाभांश घोषणा, बोनस कति ?

Nov 25, 2022 04:33 PM Merolagani



हिमालयन डिस्टिलरीले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई ७० प्रतिशत लाभांश वितरण गर्ने भएको छ।

कम्पनीको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले ६० प्रतिशत बोनश शेयर र कर सहित १० प्रतिशत नगद गरी कुल ७० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

लाभांश वितरण गर्न कम्पनीले पुस २७ गते २२औं साधारणसभा डाकेको छ। उक्त सभाले पारित गरेपछि प्रस्तावित लाभांश शेयरधनीले पाउनेछन्।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले पुस २० गते बुधबार बुक क्लोज गर्ने भएको छ। यस अनुसार पुस १९ गतेसम्म कायम शेयरधनीले कम्पनीले वितरण गर्ने लाभांश पाउनेछन्।




६ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Nov 27, 2025 07:17 AM

मंसिर ११ गते, बिहीबार, ६ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, सर्वोत्तम सिमेन्ट, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, कृषि विकास बैंक, बरुण हाइड्रोपावर र ङादी ग्रुप पावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।