शाखारहित बैंकिङ्ग मार्फत कारोबार गर्दा सजकता अपनाउन राष्ट्र बैंकको आग्रह

Nov 30, 2022 02:14 PM Merolagani



नेपाल राष्ट्र बैंकले शाखारहित बैंकिङ्गमार्फत कारोबार गर्दा ४ कुरामा सजकता अपनाउन आग्रह गरेको छ। बुधबार भुक्तानी प्रणाली विभागले सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो।

अहिले नेपाल राष्ट्र बैंकबाट अनुमतिपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाले महानगरपालिका तथा उपमहानगरपालिका बाहेकका बैंक तथा वित्तीय संस्थाको उपस्थिति नभएका स्थानमा आधिकारिक प्रतिनिधि नियुक्त गरी शाखारहित बैंकिङ्ग सेवा उपलब्ध गराउन सक्ने व्यवस्था छ । बैंकिग पहुँच अभिवृद्धि गर्ने अभिप्रायले यो व्यवस्था गरिएको हो।

केन्द्य्रिय बैंकले बैंक तथा वित्तीय संस्थाको आधिकारिक प्रतिनिधि र सहायक प्रतिनिधिमार्फत् मात्र तोकिएको सेवा केन्द्रमा गई कारोबार गर्न आग्रह गरेको छ।

सेवाग्राहीले कुनै पनि कारोबार गर्दा विद्युतीय उपकरणमार्फत् मात्र गर्नुपर्दछ।

कुनै पनि कारोबार गरिसकेपछि विद्युतीय उपकरणबाट प्राप्त हुने प्रिन्टेड स्लिप अनिवार्य रुपमा लिई आफूले गरेको कारोवारबमोजिम भए नभएको यकिन गर्नुपर्दछ । साथै, विद्युतीय उपकरणबाट सुनिने आवाज मार्फत् पनि आफूले गरेका कारोवारको यकिन गर्न सकिने राष्ट्र बैंंकले जनाएको छ ।

शाखारहित बैंकिङ्ग कारोवारमार्फत रकम जम्मा गर्दा, ऋणको किस्ता तिर्दा अथवा रकम झिक्दा आफूले कारोवार गरे बमोजिमको भए-नभएको बेला बेलामा बैंक खातामार्फत् समेत यकिन गर्नुपर्दछ । व्यक्तिगत सम्बन्धको आधारमा कसैलाई बैंकमा रकम जम्मा गर्न दिएको भए त्यस्तो रकम सम्बन्धित खातामा जम्मा भए-नभएको तुरुन्त यकीन गर्नुपर्दछ ।




प्रधानमन्त्रीले व्यवसायीका कुरा डायरीमा नोट गर्दैनन्, मन्त्रीहरू नराखी व्यवसायीहरुलाई भेट्नुकाे रहस्य खुल्याे

Jul 22, 2026 01:02 PM

सुवास निरौला

आजभोलि सिंहदरबारको मूल गेटबाट प्रधानमन्त्रीलाई भेटेर बाहिरिने विभिन्न क्षेत्रका व्यवसायी र प्रतिनिधिहरूको अनुहारमा एउटा भिन्नै किसिमको चमक देखिन्छ।