बाजुरा र स्याङ्जा २ मा पुनः मतदान नहुने

Nov 30, 2022 02:31 PM Merolagani



बाजुरा र स्याङ्जा २ मा पुनः मतदान नहुने भएको छ। निर्वाचन आयोगको बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको हो।

निर्वाचन आयोगले पुनः मतदान नगरेर मतगणना गर्ने बताएको छ। आयोगले मंसिर ४ गते भएको निर्वाचनको मतगणना सुरु गर्न समेत निर्देशन दिएको छ।

बाजुरा र स्याङ्जा २ मा एमालेले धाँधली भएको दाबी गर्दै पुनः मतदानको माग गरेको थियो। त्यसपश्चात मतगणना स्थगित भएको थियो।




यस्ता छन् दशैंअघि नै लाभांश वितरण गर्ने तयारीमा रहेका कम्पनी? कसकाे कति?

Aug 25, 2026 05:47 PM

नेपाली पुँजी बजारमा सूचीकृत कम्पनीहरूले गत आर्थिक वर्षको कमाईबाट शेयरधनीहरूलाई प्रतिफल वितरण गर्न थालेका छन् । केही कम्पनीले लाभांश घाेषणा गरिसकेका छन् भने केहीले गर्ने तयारीमा छन् । लगानीकर्ताहरु पनि आफ्नो लगानी भएको कम्पनीको प्रतिफलको पखाईमा छन् ।