प्रतिरोध परीक्षण गरी फर्कियो नेप्से, यस साता के होला?

Jan 15, 2023 06:05 AM Merolagani



गत साता नेप्सेले २२२५–२२९० सम्मको प्रतिरोध क्षेत्र परीक्षण गरी ओरालो लागेको छ। गत साताको बुधबार नेप्से परिसूचक २२७७.६१ विन्दुमा पुगेर फर्केको हो।

गत साता नेप्से परिसूचक सामान्य अंक बढेको छ। अघिल्लो साता २१४३.९३ विन्दुमा रहेको नेप्से, गत साता ५.४६ अंक बढेर २१४९.३९ विन्दुमा पुगेको हो।

गत साता ४ कारोबार दिन बजार खुलेको थियो। जसमध्ये दुई कारोबार दिन नेप्से बढेको थियो भने दुई कारोबार दिन घटेको थियो। यस साताको पहिलो र दोस्रो कारोबार दिन सकारात्मक रहेको नेप्सेमा अन्तिम दुई कारोबार दिन भने करेक्सन भएको थियो।

नेप्से परिसूचक अहिले प्रतिरोध क्षेत्र र टेवा क्षेत्रको बीचमा रहेको छ। यस साता नेप्से उकालो लागेमा पहिलेकै प्रतिरोध क्षेत्र अर्थात २२२५– २२९० सम्ममा प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यसैगरी, ओरालो लागेमा भने २०८० देखि २११५ विन्दुका बीच टेवा पाउने देखिन्छ। २०८० विन्दुभन्दा तल झरेमा भने स्टपलस रणनीति अपनाउन सकिनेछ।

साताको अन्तिम कारोबार दिन नेप्सेले रातो मैनबत्ती बनाएको छ। यसले सो दिन सुरुवातमा बजार बढेपनि अन्तिम समयमा घटेर बन्द भएको संकेत गर्दछ। साप्ताहिक रुपमा भने नेप्सेले ग्रेभस्टोन डोजी मैनबत्ती बनाएको छ। जुन बियरिश प्रकृतिको हुन्छ।

नेप्से सामान्य अंक बढेपनि गत साता भोल्यूम भने बलियो रहेको छ। यस साता नेप्सेमा दैनिक औषतमा ५ अर्ब ९८ करोडको शेयर खरिदबिक्री भएको छ। गत साताको दैनिक औषत भोल्यूम अघिल्लो साताको तुलनामा ५७.२३ प्रतिशत बढी हो। नेप्सेको २० दिने औषत भोल्यूम २ अर्ब ९८ करोड रुपैयाँ रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा दैनिक औषत भोल्यूम १०० प्रतिशत बढी हो।

एमएसिडीमा नेप्सेको हिस्टोग्राम शून्य क्षेत्रभन्दा माथि अर्थात सकारात्मक क्षेत्रमा रहेको छ। यद्यपि, साताका अन्तिम दुई कारोबार दिनमा हिस्टोग्राम ओरालो लाग्न थालेको छ। त्यसैगरी, एमएसिडी रेखा र सिग्नल रेखा बीचको साताको अन्तिम कारोबार दिन केही घटेको छ।

स्टकास्टिक आरएसआईमा नेप्से परिसूचक ओभरबट जोनमा रहेको छ। यसले बजारमा खरिदचाप बढी रहेको संकेत गर्दछ। यद्यपि, साताका अन्तिम कारोबार दिनमा भने आरएसआई घट्न थालेको देखिन्छ।

(प्राविधिक विश्लेषणमा प्रयोग गरिएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो।)

(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नु अघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।