किन उचांलिँदैछ हाइड्रोपावर कम्पनीकाे शेयर ?

Jan 20, 2023 05:49 PM MeroLagani

गएको एक महिनामा नेप्से परिसुचक १६.६८ प्रतिशतले बढ्दा हाइड्रोपावर परिसूचक भने ३९.५४ प्रतिशतले बढेको छ । विष्णु पौडेलले अर्थमन्त्रीको बागडोर सम्हालेसँगै बढ्न थालेको शेयरबजारमा सबैभन्दा धेरै योगदान भने हाइड्रोपावर कम्पनीकै रह्यो ।

गत साता नेप्सेमा ३ कारोबार दिनमा जम्मा २९.४२ अंकले नेप्से परिसूचक बढेर २१७८.८ विन्दुमा पुग्यो । सोही अवधिमा जलविद्युत समूह सूचक भने ७.०३ प्रतिशतले बढ्दा १७७.६३ अंकले बढेर २७०६.०७ विन्दुमा कारोबार बन्द भयो । जलविद्युत परिसूचक लगातार ४ हप्ता बढ्दा ७६६.८६ विन्दुले बढेको छ । नयाँ सरकार आएपछि १८६७.२१ विन्दुबाट बढ्न थालेको नेप्से परिसूचक त्यसयता ३११.६ विन्दुले बढेको छ ।

यता हाइड्रोपावर परिसूचक भने एक महिना अगाडि १९३९.२१ विन्दुमा रहेकोमा झन्डै ३९.५४ प्रतिशतले बढेर बिहीबार बजार बन्द हुँदासम्म २७०६.०७ विन्दुमा पुगेको छ । विगत एक महिनाको शेयर बजार वृद्धिमा परम्परागत रुपमा चल्ने फाइनान्स, विकास बैंक समूह पनि त्यति नचलेको नेपाल इन्भेष्टर्स फोरमका उपाध्यक्ष राजन लम्सालले बताए ।

‘अहिलेको बजारमा अरु सेक्टर कुनै पनि चलेन, हाइड्रोपावर मात्रै चल्यो । हाइड्रोपावरको पुँजी एकदमै कम छ । थोरै पुँजी भएका हाइड्रोपावरहरुलाई किनबेच गरेर बढाउन सजिलो मानेका छन् लगानीकर्ताले ।’–उपाध्यक्ष लम्सालले भने । ‘बजारमा ट्रेडेबल कम्पनीको भोल्युम सानो भयो । भोल्युम सानो भएपछि थोरै मात्रै किने पनि बढ्न सहयोग गरेको हो ।’–उनले अगाडि थपे ।

बजारमा धेरै पुँजी भएका वाणिज्य बैकलगायतका कम्पनीहरुलाई कर्नरिङ गरेर बढाउन नसकिने भएकैले त्यस्ता शेयरहरुमा लगानीकर्ताको आकर्षण नदेखिएको हो । ‘१२ अर्ब भन्दा कम पुँजी भएका त बैंक नै छैनन । १२ अर्बको ४९ प्रतिशत साधारण शेयर बजारमा आउँदा जति नै किने पनि ट्रेडरले बढाउनै सकेन ।’–उनले भने ।

पछिल्लो समय लगानीकर्ताहरुले लङटर्म गेन भन्दा पनि सर्ट टर्म प्रोफिटलाई नै प्राथमिकता दिन थालेका छन् । बजारमा दीर्घकालीन लगानीकर्ता भन्दा सट्टेबाजी लगानीकर्ता हावी भएका कारण नै हाइड्रोपावरको शेयरमा चार्म आएको उनले बताए ।

प्रतिफल दिन सक्ने हैसियत भएका कम्पनीको शेयर मूल्य बढनु स्वभाविक भए पनि प्रतिफल दिन सक्ने हैसियत नै नभएका कम्पनीहरु बढ्नुमा भने सट्टेबाजहरुको भूमिका धेरै रहेको लगानीकर्ताहरु बताउने गरेको छन । ‘नेटवर्थ नेगेटिभ भएको अझै केही वर्ष केही दिन नसक्ने कम्पनी, ऋणै तिर्न पनि गा¥हो भएको कम्पनीहरु पनि केही समय अगाडिको शेयर मूल्यलाई तुलना गरेर बढाउने गरिएको तिनीहरुको धारणा रहेको छ । अहिले बजारमा धेरै नयाँ लगानीकर्ताहरु आए, तिनीहरुले राम्रोसँग बुझ्ने अवसर नै पाएन । बुझ्ने अवसर नपाएपछि अर्काको लहलहैमा लागेर फलानो शेयर त ५० रुपैयाँ बढिसक्यो, यो कम्पनीको शेयर अहिलेसम्म बढेकै छैन । यो पनि बढिहाल्छ भन्ने ह्विममा पनि लगानीकर्ताले लगानी गरेकाे ती लगानीकर्ताले बताए ।

पछिल्लो समय हाइड्रोपावर कम्पनीको हकप्रद निष्काशन घोषणाले पनि हाइड्रोपावरको शेयर मूल्य उचालिने गरेको छ । खासमा हकप्रद भनेको कम्पनीले आफूसँग पुँजी नपुगेर लगानीकर्ताबाट उठाउने रकम हो । हाइड्रोपावरको आम्दानी भनेको निश्चित सीमामा हुन्छ । हकप्रद शेयरले थप पुँजी थप्दैमा त्यो पैसाले तत्कालै नयाँ आम्दानी गर्दैन । हाइड्रोपावरमा संस्थापकको लकिङ पिरियड ३ वर्षएको हुने गर्दछ । ३ वर्षपछि संस्थापक र साधारण शेयर नभएर सबै साधारण नै रहने गर्दछ । हाइड्रोपावर कम्पनीका संस्थापकको ३ वर्षको लकिङ पिरियड सकिने बेलातिर हकप्रद शेयर निष्काशन गर्ने घोषणा गरेर कम्पनीको शेयर मूल्य उच्च विन्दुमा पु¥याएर बेच्ने प्रवृत्ति रहेको छ । साधारणतया अहिले हकप्रद घोषणा गरेका कम्पनीहरु पनि सबै लकिङ पिरियड सकिन लागेका कम्पनीहरु नै छन् । हकप्रद शेयर निष्काशनको घोषणा गरेर आफ्नो होल्डिङ बिक्री गर्ने प्रवृत्ति नै छ । हाइड्रोपावर क्षेत्रमा विद्युत नियमन आयोग गठन भए पनि त्यति ससक्त ढंगले अगाडि बढ्न सकेको छैन ।

पछिल्लो पटक हाइड्रोपावरको सबैभन्दा धेरै चुक्ता पुँजी रहेको अप्पर तामाकोशीले १ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने घोषणा गरेको छ । हकप्रदको घोषणासँगै पछिल्लो समय यो कम्पनीको शेयर मूल्य झन्डै ६ सय रुपैयाँ पुग्ने दौडमा छ । १५०–६० रुपैयाँको हाराहारीमा कारोबार भइरहेको घलेम्दी हाइड्रोपावरको शेयर मूल्य १ बराबर २ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने घोषणासँगै बढेर ३ सय रुपैयाँसम्म पुग्यो । अरुण काबेलीले पनि १ बराबर १ को अनुपातमा हकप्रद निष्काशन गर्ने घोषणा गरिसकेको छ भने हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडले ७५ प्रतिशत हकप्रद शेयर निष्काशन गर्नेछ ।

पछिल्लो समय अपि पावर र रिडि पावरले पनि घोषणा गरेको छ । अपि पावरले अन्य आयोजना बनाउँदा लागेको ऋण चुक्ता गर्ने प्रयोजनको लागि चुक्ता पुँजीको ४० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने जनाएको छ । त्यस्तै रिडी पावरले पनि चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद निष्काशन गर्ने घोषणा गरेको छ । हाइड्रोपावरको शेयर उच्च विन्दुमा पुगेकै बेला यस्ता हकप्रद र बोनस शेयर घोषणाले हाइड्रोपावरको शेयर मूल्य उचाईमा पुग्ने गरेका छन् ।

‘हकप्रदको घोषणासँगै शेयर मूल्य एकदमै आकाशिने हुँदा यस्ता कम्पनीको शेयर किन्दा भने एकदमै ध्यान दिनुपर्छ । यस्ता कम्पनीमा सर्वसाधारण लगानीकर्ता धेरै फस्ने गरेका छन् ।’–एक लगानीकर्ताले सचेत गराए । कुनै समयमा अपि पावरले १ बराबर २ को अनुुपातमा हकप्रद निष्काशन गर्ने घोषणा गर्दा अपिको शेयर मूल्य १ हजार रुपैयाँसम्म पुगेको थियो । नियामक निकायबाट सो घोषणा सदर हुन नसक्दा अन्त्यमा अपीको शेयर १ सयकै हाराहारीमा समेत आएको थियो ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले मंसिर महिनामा प्रकाशित गरेको मासिक विवरण अनुसार जलविद्युत क्षेत्रका एक अर्ब तीन करोड ६२ लाख ४१ हजार एक कित्ता शेयर सूचिकृत छन्। मंसिर मसान्तसम्ममा ६३ कम्पनीका सूचिकृत शेयरको कुल बजार पूँजीकरण दुई खर्ब ९९ अर्ब ७१ करोड ५० लाख छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।