यसै उपसमूहको बैंकहरुमध्ये एक बैंक हो, नबिल बैंक लिमिटेड (NABIL)। यस बैंकको शेयरमूल्य यस साता ११ रुपैयाँ घटेर बन्द भएको छ। गत साताको अन्तिम कारोबार दिन ७१४ रुपैयाँमा बन्द भएको यस कम्पनीको शेयरमूल्य यस साता ७०३ रुपैयाँमा अन्तिम कारोबार भएको छ।
‘पर्ख र हेर’ अवस्थामा
पछिल्लो समय बैंकको शेयरमूल्य निरन्तरजसो ओरालो लाग्ने क्रममा रहेको छ। यस अनुसार आगामी साता बैंकको शेयरमूल्य ओरालो लागेमा ६७० देखि ६८० को क्षेत्रमा टेवा पाउने देखिन्छ। त्यसैगरी, उकालो लागेमा भने ७५५ देखि ७६५ को क्षेत्रमा प्रतिरोधको सामना गर्ने देखिन्छ। मेरोलगानी एआई चार्ट अनुसार बैंकको शेयर अहिले ‘पर्ख र हेर’ अवस्थामा रहेको छ। बैंकको शेयरमूल्य ६७० रुपैयाँभन्दा तल झरेमा लगानीकर्ताहरुले स्टप लस रणनीति अपनाउन सक्नेछन्।
बिक्रीचाप बढी
यस साताका तीनै कारोबार दिन बैंकको शेयरमूल्यले रातो मैनबत्ती बनाएको छ। यसले बजारमा शेयर बिक्रीचाप बढी रहेको संकेत गर्दछ।
प्राविधिक विश्लेषणको एक उपकरण सुपर ट्रेण्डमा यसै साता बियरिश सिग्नल देखिएको छ।

दुई दिन औषतभन्दा बढी कारोबार
यस साता बैंकको दैनिक औषतमा ६ करोड ५२ लाख ९८ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। जसमध्ये दुई कारोबार दिन औषतभन्दा बढी शेयर खरिदबिक्री भएको छ भने एक कारोबार दिन औषतभन्दा कम कारोबार भएको छ।

बियरिश क्रशओभर
यस साता बैंकको शेयरमूल्यले एमएसिडीमा बियरिश क्रशओभर बनाएको छ। साताको पहिलो कारोबार दिन नै एमएसिडी रेखाले सिग्नल रेखालाई माथिबाट काटेर तल लागेसँगै यस्तो क्रशओभर बनेको हो। यसले आगामी दिनमा बैंकको शेयरमूल्य घट्ने संकेत गर्दछ। त्यसैगरी, यस साता हिस्टोग्राम पनि शून्य रेखाभन्दा तल झरेको छ।

न्यूट्रल जोन
स्टकास्टिक आरएसआई अनुसार बैंक अहिले न्यूट्रल जोनमा रहेको छ। र यो विस्तारै ओभरसोल्ड जोनतर्फ अघि बढीरहेको छ। यसले हाल बैंकको शेयरमा खरिदबिक्री चाप सन्तुलनमा रहेपनि आगामी साता बिक्रीचाप बढी हुने संकेत गर्दछ।

आधारभूत विश्लेषण
बैंकले गत साता अर्थात पुस २९ गते, शुक्रबार ३८ औँ वार्षिक साधारण सभामार्फत हाल कायम चुक्ता पूँजीको १८.५ प्रतिशत बोनस शेयर र ११.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले पुस १८ गते बुकक्लोज गरेको थियो।
हाल नेप्सेमा बैंकको २७ करोड ५ लाख ६९ हजार ९७१.६५ कित्ता शेयर सूचीकृत छ। गत बिहीबारको अन्तिम मूल्यका आधारमा बैंकको कुल बजार पूँजीकरण १ खर्ब ९० अर्ब ३४ करोड ५९ लाख ७५ हजार ५५ रुपैयाँ ७८ पैसा रहेको छ। बैंकको १८० दिने औषत मूल्य ८०५ रुपैयाँ ७० पैसा रहेको छ। त्यसैगरी, बैंकको पछिल्लो ५२ हप्ताको उच्च मूल्य १ हजार १८२ रुपैयाँ रहेको छ भने न्यून मूल्य ७०१ रुपैयाँ रहेको छ।

शेयरमा सर्वाधिक हिस्सा
नबिल बैंक लिमिटेडमा ५२.३५ प्रतिशत स्वदेशी शेयर स्वामित्व रहेको छ भने ४७.६५ प्रतिशत विदेशी शेयर स्वामित्व रहेको छ।
नबिल बैंकमा ३ कम्पनीसहित २ शेयरधनीको ०.५ प्रतिशतभन्दा बढी शेयर स्वामित्व रहेको छ।
नबिल बैंकमा एनबी इन्टरनेशनलको सबैभन्दा बढी लगानी रहेको छ। सो बैंकमा एनबी इन्टरनेशनलको शेयर स्वामित्व ३९.४४ प्रतिशत अर्थात ९ अर्ब ४७ लाख ४६ हजार २०० रुपैयाँको रहेको छ।
त्यसैगरी, आईएफआईसी बैंकको ७.७७ प्रतिशत अर्थात १ अर्ब ७७ करोड ३६ लाख ८ हजार ८०० रुपैयाँ शेयर स्वामित्व रहेको छ।
नबिल बैंकमा तेस्रो ठूलो शेयर स्वामित्व राष्ट्रिय बीमा कम्पनीको रहेको छ। बैंकमा राष्ट्रिय बीमा कम्पनीको ७.६३ प्रतिशत अर्थात १ अर्ब ७४ करोड १५ लाख १७ हजार ९०० रुपैयाँको शेयर स्वामित्व रहेको छ।
त्यसैगरी, अन्य ठूला शेयरहरु निर्वाण कुमार चौधरीको ०.७० प्रतिशत अर्थात १६ करोड १ लाख २३ हजार २ सय रुपैयाँ र बरुण चौधरीको ०.६७ प्रतिशत अर्थात १५ करोड २६ लाख ५७ हजार रुपैयाँ रहेको छ।
वित्तीय अवस्था
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा बैंकले ३ अर्ब ४१ करोड ७६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५६.६७ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब १८ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ९७ करोड १३ लाख रुपैयाँ रहेको छ।
खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको खुद नाफा बढ्न पुगेको हो।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ८५.६३ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी ५६.९१ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको सञ्चालन मुनाफा ५६.०६ प्रतिशत बढेको छ। खुद ब्याज आम्दानी उल्लेख्य बढेपनि इम्पेरमेन्ट चार्ज बढेका कारण सञ्चालन मुनाफा र खुद नाफा वृद्धिमा केही दबाब पुगेको हो।
बोनस शेयर वितरणपश्चात चुक्ता पूँजी २७ अर्ब ५ करोड रुपैयाँ पुर्याएको यस बैंकको जगेडा कोषमा २६ अर्ब ८१ करोड ९२ लाख रुपैयाँ सञ्चित छ।

सो अवधिसम्ममा बैंकको प्रतिशेयर आम्दानी २५ रुपैयाँ २६ पैसा रहेको छ। त्यसैगरी, बैंकको बुकभ्यालु १९९ रुपैयाँ १२ पैसा रहेको छ। साताको अन्तिम कारोबार मूल्यका आधारमा बैंकका मूल्य आम्दानी अनुपात २७.८५ गुणा रहको छ भने प्राइस टु बुकभ्यालु ३.५३ गुणा रहेको छ। बैंकको आरओई १२.६९ प्रतिशत रहेको छ।
प्राविधिक विश्लेषणका अन्य उपकरणहरुमा बैंकको शेयरमूल्य बियरिश प्रवृत्तिमा रहेको देखिन्छ।

ब्रोकर नम्बर ५८ बाट सर्वाधिक खरिद
यस साता ब्रोकर नम्बर ५८ ले बैंकको सबैभन्दा बढी २६ हजार ४१७ कित्ता शेयर खरिद गरेको छ। त्यसैगरी, ब्रोकर नम्बर ४९ र ४५ ले१४ हजारभन्दा बढी शेयर खरिद गरेको छ। यस साता ब्रोकर नम्बर ४१ ले सबैभन्दा बढी १९ हजार ५८५ कित्ता शेयर बिक्री गरेको छ। त्यस्तै, ब्रोकर नम्बर ४९ ले करिब १८ हजार कित्ता शेयर बिक्री गरेको छ भने ब्रोकर नम्बर ४५ र ३४ ले १४ हजारभन्दा बढी शेयर खरिदबिक्री भएको छ।

मूल्य घट्ने डर
फियर एण्ड ग्रीड मिटरमा बैंक अहिले फियर जोनमा रहेको छ। यसले बैंकको शेयरमूल्य अझै घट्न सक्छ भनेर लगानीकर्ताहरु खरिद गर्न डराइरहेको संकेत गर्दछ।

(प्राविधिक विश्लेषणमा प्रयोग गरिएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो भने आधारभूत विश्लेषणमा प्रयोग गरिएका चित्रहरु मेरोलगानी डाटा एनालाइटिक्सबाट लिइएको हो।)
(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नु अघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)