कालिका लघुवित्तको लाभांश घोषणा

Jan 23, 2023 10:11 AM Merolagani

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड (KMCDB) ले गत आर्थिक वर्षसम्मको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

लघुवित्तले हाल कायम चुक्ता पूँजीको १९ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ १ प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

माघ ६ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

comments powered by Disqus

नेष्डो समृद्ध लघुवित्तले घोषणा गर्यो साढे ७३ प्रतिशत लाभांश, बोनस र नगद कति?

Mar 26, 2023 10:07 AM

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेड (NESDO) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।