यसको लागि तपाईले मात्र ७ घण्टा २६ मिनेट समय दिए पुग्छ ।
एस्ट्रिक टेक्नोलोजि अन्तर्गत सञ्चालित डिजिटल लर्निङ्ग प्लेटफर्म मेरो स्कूलले शेयर बजार सम्बन्धि सम्पूर्ण जानकारी दिने उद्देश्यले शेयर मार्केट कोर्ष सार्वजनिक गरिसकेको छ । यो कोर्षको अध्ययनले यहाँलाई सचेत लगानीकर्ता बन्न सहयोग पुर्याउने छ ।
७ घण्टा २६ मिनेटको यो भिडियो कोर्ष सर्वसाधारणले १ हजार ४९९ रुपैयाँमा हेर्न सक्नेछन् ।
के छ ७ घण्टा २६ मिनेटको कोर्षमा ?
७ घण्टा २६ मिनेटको कोर्षलाई ४ भागमा विभाजन गरिएको छ ।
पहिलो भागमा सर्वसाधारणले लगानी किन गर्ने ? प्राथमिक बजार के हो ? शेयर बजार के हो ? टिएमएस के हो ? टिएमएस कसरी चलाउने ? टिएमएसका विशेषता के हुन् ? शेयर कसरी खरिद बिक्री गर्ने ? ईडिआईएस कसरी गर्ने ? लगायतका विषय सिकाइने छ । पहिलो भाग २ घण्टा ३४ मिनेटको भिडियो सामाग्री रहेको छ ।
दोस्रो भागमा आधारभूत विश्लेषण अर्थात फण्डामेन्टल एनालाइसिस् सम्बन्धि सामाग्री समावेश गरिएको छ । फण्डामेन्टल एनालाइसिस् के हो ? लगानीकर्ताहरुको मानसिकता कस्तो हुन्छ ?कम्पनीहरुको वार्षिक विवरणमा के के हेर्ने ? कम्पनीको ब्यालेन्ससिट कसरी अध्ययन गर्ने ? नाफा नोक्सानी हिसाबमा के हेर्ने ? क्यास फ्लो स्टेटमेन्टको अध्ययन कसरी गर्ने ? अनुपातहरुको विश्लेषण कसरी गर्ने ? यी सबै सिकाउन २ घण्टा ५३ मिनेटको भिडियो सामाग्री रहेको छ ।
तेस्रो भाग जोखिम व्यवस्थापन तथा ट्रेडिङ्ग मनोविज्ञान सम्बन्धि रहेको छ । जोखिम के हो ? भेरियान्स र कोभेरियान्स के हो ? जोखिमको भ्यालु के हो ? सक्रिय ट्रेडरको पोजिशन कस्तो हुनुपर्छ ? केलिज क्राइटेरियन र ट्रेडिङ्ग बायसहरुबारे १ घण्टा ११ मिनेटको भिडियोबाट जानकारी लिन सकिने छ ।
अन्तिम भागमा व्यक्तिगत वित्त व्यवस्थापन सम्बन्धि चर्चा गरिएको छ । वित्त व्यवस्थापन कसरी गर्ने ? अवकाशपछिका समस्या, म्युचुअल फण्डजस्ता विषयमा चर्चा गरिएको छ । यसमा कुल ४८ मिनेटको भिडियो सामाग्री रहेको छ ।
यी सबै सामाग्रीहरु सर्वसाधारणले आफुले चाहेको समय र चाहेको स्थानमा बसेर हेर्न सकिने छ । यसकालागि सर्वप्रथम गुगलप्लेस्टोर अथवा एपस्टोरमा गई मेरोस्कूलएप डाउनलोड गर्नु पर्नेछ । अथवा mero.school/downloadapp लिङ्कबाट पनि डाउनलोड गर्न सकिने छ ।