इन्टरनेट सेवा प्रदायक संघको अध्यक्षमा पुनः सुधीर पराजुली,गुणस्तरीय सेवा दिने प्रतिवद्धता

Jan 31, 2023 10:35 AM Merolagani

नेपाल (आईस्पान)को नेतृत्वमा सुधीर पराजुली पुनः दोहोरिएका छन् । सोमबार सम्पन्न आईस्पानको २२औँ साधारणसभाले पराजुलीको अध्यक्षतामा ९ सदस्यीय कार्यकारी समिति चयन गरेको हो ।

 

आईस्पानका तत्कालीन वरिष्ठ सल्लाहकार विनय बोहरा र तत्कालीन उपाध्यक्ष प्रमेश खरेलको प्रस्ताव तथा तत्कालीन सल्लाहकार मनोज अग्रवाल र तत्कालीन महासचिव नवीनकुमार श्रेष्ठलगायतको समर्थनमा पराजुली अध्यक्ष पदमा सर्वसम्मत चुनिएका हुन् ।

त्यस्तै नयाँ कार्यसमितिको उपाध्यक्षमा मनोज अग्रवाल र महासचिवमा नवीनकुमार श्रेष्ठ चयन भएका छन् । कोषाध्यक्षमा पुष्कर बडाल र सचिवमा सुरेन क्षेत्री चयन भएका छन् ।

त्यसैगरी, कार्यकारी सदस्यहरूमा कमलप्रसाद बास्तोला, सुदिप आचार्य, मधु अमात्य र सुजन थापा सर्वसम्मत भए । संस्थाको सल्लाहकारमा विनय बोहरा, विनयमोहन साउद र प्रमेश खरेल रहेका छन् ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।