पिपुल्स हाइड्रोकाे सुपर दोर्दी ‘ख’ जलविद्युत आयोजनाबाट परीक्षण उत्पादन सुरु

Jan 31, 2023 01:56 PM Merolagani

लमजुङको दोर्दी खोलामा निर्माण भइरहेको ५४ मेगावाटको सुपर दोर्दी ‘ख’ जलविद्युत आयोजनाको परीक्षण उत्पादन सुरु भएको छ। आयोजनाको बाँध, सुरुङ र विद्युत गृहको ड्राइ टेस्ट सकेपश्चात पानी राखेर परीक्षण उत्पादन थालेको हो।

पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले निर्माण गरिरहेको यो आयोजना, दोर्दी खोलामा हालसम्म सबैभन्दा माथिल्लो क्षेत्रमा निर्माण भइरहेको छ। सुरुङ निर्माण गत वर्ष नै ‘ब्रेक थ्रु’ भएको यस आयोजनाको भौतिक संरचना निर्माण सकिएको आयोजनाले जनाएको छ।

भूमिगत डिसेन्डर र पावरहाउस भएको यस आयोजनामा केही दिनयता पानी राखेर इन्टेक र डिसेन्डर परीक्षण भइरहेको आयोजनाका एक अधिकारीले बताएका छन्। १ महिनासम्म पानी चुहिने ठाउँ हेरेपश्चात विद्युत प्राधिकरणका इञ्जिनियरको रोहवरमा १५ दिने परीक्षण उत्पादन गरी, त्यसपछि व्यावसायिक उत्पादन गर्ने उनको भनाइ छ। पछिल्लो व्यावसायिक उत्पादन माघ २८ गते रहेपनि धेरै समय परीक्षण गर्ने भनेर फागुन अन्तिम साता सारिएको ति अधिकारीले बताए।

यस आयोजनाले २०७१ फागुन २० मा नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिदबिक्री सम्झौता (पीपीए) गरेको थियो। सो समयमा ४९.६ मेगावाटको आयोजना बनाउने भनेर सम्झौता गरिएको थियो। इन्टेकलाई केही माथि सार्दा आयोजनाबाट ५४ मेगावाट विद्युत् उत्पादन हुने अध्ययन गरिएको थियो। सुरुवाटमा ८ अर्ब ५० करोड लागत अनुमान गरिएकामा उत्पादन बढ्दा आयोजनाको लागत ८ अर्ब ८० करोड प्रक्षेपण गरिएको छ।

आयोजनामा प्रवर्द्धकको स्वलगानी (इक्विटी) पूँजी ३० प्रतिशत हुनेछ। यसको १० प्रतिशत आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुले लगानी गरेका छन्। आयोजनामा नबिल बैंकसहित ९ वटा बैंकको ७० प्रतिशत ऋण लगानी छ। पानीको बहाव अर्थात रन अफ रिभरमा आधारित यस आयोजनाबाट वार्षिक २८ करोड ६४ लाख युनिट विद्युत् उत्पादन हुने अनुमान गरिएको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।