५ पटक बढी कारवाहीमा पर्ने २५९ ओटा लाइसेन्स निलम्बन, ट्राफिक महाशाखाले यातायात विभागलाई पठायो पत्र

Jan 31, 2023 04:28 PM Merolagani

महानगरीय ट्राफिक महाशाखाले २ सय ५९ वटा सवारी चालक अनुमति पत्र निलम्बनका लागि ट्राफिक प्रहरीले यातायात व्यवस्था विभाग पठाएको छ ।

काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले पाँच पटकभन्दा बढी ट्राफिक नियम उल्लंघन गर्ने २ सय ५९ जना सवारी चालकहरूका सवारी चालक अनुमति पत्र निलम्बनको लागि मंगलबार यातायात ब्यवस्था विभाग पठाएको हो ।

‘सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र नियमावली २०५४ बमोजिम चालकले पालना गर्नु पर्ने सर्त तथा नियमहरू पाँच पटकभन्दा बढी उल्लंघन गरेको पाइएकाले सोही ऐनको परिच्छेद ४ को दफा ६० बमोजिमको कसुर गरेको हुँदा सवारी चालक अनुमति पत्र निलम्बनका लागि आज यातायात व्यवस्था विभाग पठाइएको हो’ ट्राफिक महाशाखाले भनेको छ ।

 निलम्बनका लागि पठाइएका सवारी चालक अनुमती पत्र मध्ये ३६, ३०, २८,१९, १८ र १७ पटक १ ÷१ जना, २३, २० र १६ पटक २÷ २ जना , २१ पटक ३ जना, १५, ११ र १० पटक ११ जना कारवाहीमा परेका थिए ।

त्यसैगरी १४ पटक ५ जना , १३ पटक ९ जना, १२ पटक ८ जना, ९ पटक २४ जना, ८ पटक ३४ जना, ७ पटक ५० जना, ६ पटक ८१ जना चालकहरु ट्राफिक प्रहरीको कारवाहीमा परेको महाशाखाले जनाएको छ ।

५ पटक भन्दा बढी कारवाहीमा पर्ने चालक अब स्वत निलम्बन गर्ने प्रक्रिया कडाइका साथ लागू गर्ने जनाएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।