सरकारले बोलाएमा जाने रवि लामिछाने, भन्छन्,"पदलुब्ध भएर होइन, काम गर्न जान्छु"

Feb 05, 2023 05:49 PM Merolagani

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले बोलाएमा जाने बताएका छन् । आइतबार आयोजित पत्रकार सम्मेलनमा लामिछानेले पदलुब्ध भएर होइन, काम गर्न जाने उनले बताए ।

लामिछानेले भने,"अहिले बोलाए भने,फेरि गृहमन्त्री हुन जान्छु । पदलुब्ध भएर होइन, काम गर्न जान्छु। १२ वर्षदेखि काम नभएकालाई १२ मिनेटमा काम गरेका छौं ।" त्यहिँ काम गर्न जान चाहेको लामिछानेले बताए ।

"मैले राजनिती गरेकै गृहमन्त्री हुनकालागि हो । त्यहाँ जाँदा जनताको समस्या समाधान हुन्छ भनेर जान खोजेको हो ।", उनले पत्रकार सम्मेलनमा बाेले ।

यद्यपी उपनिर्वाचनबाट निर्वाचित नभई कुनै पदमा नजाने पनि रवि लामिछानेले बताए । लामिछानेले भने,"उपनिर्वाचनबाट निर्वाचित नभई कुनै पदमा जान्नँ ।"

उनले सञ्चारमाध्यमहरुलाई १२ भाई भन्दै पटकपटक आफूलाई चौतर्फी प्रहार गरेको भन्दै आक्रोश समेत पोखेका छन् । "लखेट्दा लखेट्दै मलाई यति लेखटेकि मलाई उपप्रधानमन्त्री तथा गृहमन्त्री बनाए । अझै लखेटिरहेका छन् ," उनले भने । "मलाई कुनै १२ भाई वा कसैको डर छैन," उनले थपे ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।