लगातार दुई दिन सस्तिएको सुनको भाउ सोमबार महंगियाे, चाँदी भने स्थिर

Feb 06, 2023 11:45 AM Merolagani

सोमबार सुनको भाउ वृद्धि भएको छ । माघ २३ गते, सुन तोलामा ५०० रुपैयाँले महंगिएको हो । लगातार दुई दिन सस्तिएको सुन यस दिन बढेको छ । चाँदीको भाउ भने यस दिन स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख चार हजार ६०० रुपैयाँमा पुगेको छ । यसैगरी, तेजाबी सुन प्रतितोला एक लाख ४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार भने सुन भारी गिरावट भएको थियो । हिजो सुन तोलामा नै दुई हजार रुपैयाँले घटेर प्रतितोला एक लाख ४ हजार १०० रुपैयाँमा झरेको थियो ।

सोमबार चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला एक हजार ३२० रुपैयाँमा कायम रहेको छ ।

अघिल्लो कारोबार दिन, चाँदी तोलामा ४५ रुपैयाँले ओरालो लागेको थियो ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।