गुराँस लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

Mar 26, 2023 10:17 AM Merolagani



गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड (GLICL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

इन्स्योरेन्सले हाल कामय चुक्ता पूँजीको १३.२७ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने घोषणा गरेको हो। बोनस शेयर बापत लाग्ने कर शेयरधनी आफैले भुक्तानी गर्नुपर्ने इन्स्योरेन्सले सूचनामा उल्लेख गरेको छ।

चैत ९ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।




सेयर बजारमा १० लाखको कारोबारदेखि ग्राहकको वास्तविक धनीसम्म निगरानी, सेबोनको नयाँ निर्देशन लागू

Oct 16, 2026 05:35 PM

सेयर बजारमार्फत हुने सम्पत्ति शुद्धीकरण र आतंककारी गतिविधिमा वित्तीय लगानी रोक्न नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नियमनको दायरा थप कसिलो बनाएको छ।