गुराँस लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

Mar 26, 2023 10:17 AM Merolagani



गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड (GLICL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

इन्स्योरेन्सले हाल कामय चुक्ता पूँजीको १३.२७ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने घोषणा गरेको हो। बोनस शेयर बापत लाग्ने कर शेयरधनी आफैले भुक्तानी गर्नुपर्ने इन्स्योरेन्सले सूचनामा उल्लेख गरेको छ।

चैत ९ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।