महुली लघुवित्तको लाभांश संशोधन

Mar 26, 2023 10:29 AM Merolagani



महुली लघुवित्त वित्तीय संस्था लिमिटेड (MSLB) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश संशोधन गरेको छ।

गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई कुल २५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको यस लघुवित्तले अहिले सो लाभांश संशोधन गरी नगद र बोनस शेयर गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार सो लाभांश संशोधन गरिएको लघुवित्तले जनाएको छ।

आगामी वार्षिक साधारण सभाबाट पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।




अन्तर्राष्ट्रिय बजारमा सुन-चाँदीको मूल्यमा ऐतिहासिक 'क्र्यास': आइतबार नेपालको बजारमा के होला ?

Jan 31, 2026 11:51 AM

अन्तर्राष्ट्रिय कमोडिटी बजारमा शुक्रवार सुन र चाँदीको मूल्यमा दशकौँयताकै सबैभन्दा ठुलो र ऐतिहासिक गिरावट आएको छ। शुक्रवारको अन्तिम कारोबारमा चाँदीको फ्युचर्स मूल्य ३१.४ प्रतिशतले घटेर प्रति औँस ७८.५३ डलरमा झरेको छ।