लन्ड्रीमा जुत्ता बनाएर सुरु भएको पुमा, कसरी बन्यो विश्वप्रसिद्ध?

Jun 06, 2023 11:03 AM Merolagani

खेलकुद उद्योगमा पुमा एक प्रसिद्ध नाम हो। पुमाले विश्वभरको स्पोर्टसवेयर व्यवसायको एक तिहाइ उत्पादन गर्दछ। परिवर्तनशील पुस्ता अनुसार उत्पादनमा गरिएका परिवर्तनका कारण यो युवा वर्गमाझ सबैभन्दा लोकप्रिय ब्राण्ड बनेको छ।

हाल पुमाले जुत्ता, कपडा र सामान सहित धेरै चीजहरू उत्पादन गर्दछ। दशकौंदेखि ब्रान्डले आफ्नो पहिचान कायम राखेको छ।

पुमाको सुरुवात रुडोल्फ डस्लरले सन् १९४८ मा जर्मनीमा गरेका थिए। २६ मार्च १८९८ मा जर्मनीमा जन्मेका रुडोल्फ पेशाले एक व्यापारी थिए र नाजी पार्टीका सदस्य थिए। आफ्नो भाइ एडोल्फसँग मिलेर उनले घरमै जुत्ताको व्यवसाय सुरु गरेका थिए।

लन्ड्रीबाट सुरु गरे व्यवसाय

दुवै दाजुभाइले आमाको लन्ड्री अर्थात लुगा धुने ठाउँबाट जुत्ताको व्यवसाय सुरु गरेका थिए। व्यवसायको शुरुवाती दिनमा चौबीसै घण्टा बिजुली उपलब्ध थिएन, त्यसैले यस्तो मेसिन प्रयोग गरियो जसमा पेडल चलाएर बिजुली उत्पादन गर्न सकिन्छ। कम्पनीले एउटा प्रयोग गरी स्पाइक जुत्ता बनाउन थाल्यो। यी जुत्ता उनीहरुको कम्पनीको सबैभन्दा पृथक जुत्ता थिए। स्पाइक जुत्ताहरु धेरै लोकप्रिय भए। दुवै दाजुभाइले मिकर डस्लर ब्रदर्स जुत्ता कारखाना सुरु गरे। एडोल्फ जुत्ता उत्पादनको कार्य सम्हाल्न थाले र रुडोल्फले मार्केटिङ गर्थे।

मार्केटिङको लागि ओलम्पिक खेलहरूमा पुगे

जुत्ताको बजारीकरण र व्यापारलाई अगाडि बढाउन रुडोल्फ १९३६ मा बर्लिनमा भएको समर ओलम्पिकमा पुगे। त्यहाँ उनले अमेरिकी धावक जेसीलाई जुत्ता लगाउन राजी गराए। यो रणनीतिले काम गर्यो। जेसीले दोस्रो विश्वयुद्धअघि ४ स्वर्ण पदक जिते र त्यसपछि कम्पनीले बिक्रीमा कीर्तिमान बनाउन थाल्यो। हरेक वर्ष २ लाख जुत्ता बिक्री हुन थाल्यो।

केही वर्षपछि दुई दाजुभाइबीचको सम्बन्ध बिग्रन थाल्यो र उनीहरु छुट्टिए। रुडोल्फले आफ्नो भाइ एडोल्फबाट अलग भएर सन् १९४८ मा छुट्टै कम्पनी बनाए र यसलाई पुमा नाम दिए।

विश्वका अधिकांश देशमा उत्पादन उपलब्ध गराउन सरकारी नीति, अन्तर्राष्ट्रिय कानुन र मुद्रामा आएको परिवर्तनका कारण धेरै चुनौतीहरू सामना गर्नुपरेको थियो। कम्पनीले आफ्नो शक्ति र कमजोरी बुझ्यो। शक्ति बढाउने र कमजोरीहरू हटाउने रणनीति लागू गर्यो। यसरी, समय–समयमा आत्म–विश्लेषण मार्फत, कम्पनीले खेलकुद उद्योगमा इतिहास रच्यो।

यसरी भयो ब्रान्डिङ

कम्पनीका उत्पादनहरूको ब्रान्डिङका लागि चितुवालाई मानिसहरूसँग देखाइएको थियो। चितुवा सधैं सक्रिय रहने र हावामा २० फिट उचाइसम्म हाम फाल्न सक्ने बताइएको छ। यसरी आफना जुत्तालाई खेलकुद उद्योगसँग जोड्दै चितुवालाई लोगोको हिस्सा बनाइएको थियो।

हाल कम्पनी लाइफस्टाइल फेसनमा केन्द्रित छ। यसका साथै नयाँ प्रविधिबाट उत्पादनहरु डिजाइन गरिरहेको छ। केही समयअघि कम्पनीले उत्पादनको तयारीमा थ्रीडी प्रिन्टिङ र आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गर्न थालेको थियो।

(अनुवादित)

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।