शिखर इन्स्योरेन्सको खुद बीमाशुल्क सामान्य बढ्यो, नाफा भने घट्यो

May 13, 2023 10:44 AM Merolagani

शिखर इन्स्योरेन्स लिमिटेड (SICL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार इन्स्योरेन्सको खुद बीमाशुल्क गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको छ।

समीक्षा अवधिमा लघुवित्तको खुद बीमाशुल्क ९.२९ प्रतिशत बढेको छ। गत आर्थिक वर्षको चैत मसान्तसम्ममा १ अर्ब १३ करोड रुपैयाँ रहेको इन्स्योरेन्सको खुद बीमाशुल्क, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा बढेर १ अर्ब २३ करोड रुपैयाँ पुगेको छ। सो अवधिसम्ममा इन्स्योरेन्सले ७० करोड ५५ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ।

गत आर्थिक वर्षको पहिलो ९ महिनामा ३६ करोड ७० लाख रुपैयाँ रहेको इन्स्योरेन्सको खुद नाफा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ६.५२ प्रतिशत घटेर ३४ करोड ३१ लाख रुपैयाँमा सीमित भएको छ।

नाफासँगै इन्स्योरेन्सको प्रतिशेयर आम्दानी पनि घटेको छ। चैत मसान्तसम्ममा कम्पनीको यस्तो आम्दानी १० रुपैयाँ ६० पैसा घटेर १७ रुपैयाँ २३ पैसामा झरेको छ। इन्स्योरेन्सको प्रतिशेयर नेटवर्थ १८९ रुपैयाँ १७ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४१.९५ गुणा रहेको छ।

२ अर्ब ६५ करोड चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको जगेडा कोषमा ६३ करोड ६२ लाख रुपैयाँ, बीमा कोषमा १ अर्ब ५८ करोड रुपैयाँ र महाविपत्ती कोषमा १४ करोड ८० लाख रुपैयाँ सञ्चित छ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।