चार कम्पनीको बोनस शेयर नेप्सेमा सूचीकृत कुन कम्पनीकाे कति ?

May 15, 2023 05:24 PM Merolagani

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा चार कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । सोमबार कृषि विकास बैंक (ADBL), साल्ट टे्रडिङ्ग कर्पोरेशन, स्वाभिमान लघुवित्त र मिर्मिरे लघुवित्त वित्तीय संस्थाको बोनस शेयर नेप्सेमा सूचीकृत भएका हुन् ।

कृषि विकास बैंकको २६ लाख ३७ हजार ५८३.१५ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गरेको २ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

साल्ट टे्रडिङ्ग कर्पोरेशन (STC) को पनि २ लाख ५३ हजार ५३१.१९ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ । कर्पोरेशनले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १० प्रतिशत बोनस शेयर वितरण गरेको थियो । उक्त बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

यस दिन स्वाभिमान लघुवित्त वित्तीय संस्था (SMFBS) को २ लाख ४३ हजार ५६४.३० कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २० प्रतिशत बोनस शेयर वितरण गरेको थियो । उक्त बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

यस्तै मिर्मिरे लघुवित्त वित्तीय संस्था (MMFDB) को पनि १२ लाख २१ हजार ७७२.३९ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गरेको २३ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

चार वटै कम्पनीको नेप्सेमा सूचीकृत बोनस शेयर, सम्बन्धित शेयरधनीको डिम्याट खातामा आएपछि दास्रो बजारमा किनबेच गर्न सकिनेछ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।