फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको कम्पनी विश्लेषण

May 20, 2023 06:28 PM Merolagani



यस साता लघुवित्त उपसमूहको परिसूचक ३.८८ प्रतिशत बढेको छ। गत साता ३२३५.७२ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक यस साता १२५.३९ अंक बढेर ३३६१.११ विन्दुमा बन्द भएको छ।

यसै उपसमूहका कम्पनीहरुमध्ये एक कम्पनी हो फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड (FMDBL)।

यस लघुवित्तको शेयरमूल्य यस साता ३२ रुपैयाँ बढेको छ। गत साता ५०६ रुपैयाँमा अन्तिम कारोबार भएको यस लघुवित्तको शेयरमूल्य यस साता बढेर ५३८ रुपैयाँमा अन्तिम कारोबार भएको छ।

टेवा विन्दुबाट बढ्यो

यस साता लघुवित्तको शेयरमूल्य ४९० देखि ५१० को टेवा क्षेत्रमा टेवा पाएर उकालो लागेको छ। गत साताको अन्तिम कारोबार दिन लघुवित्तको शेयरमूल्य सो क्षेत्रमा पुगेको थियो। आगामी साता लघुवित्तको शेयरमूल्यले वृद्धिलाई निरन्तरता दिएमा ५६० देखि ५८० को क्षेत्रमा प्रतिरोधको सामना गर्ने देखिन्छ।

खरिदकर्ता हाबी

यस साता साप्ताहिक रुपमा लघुवित्तको शेयरमूल्यले हरियो मैनबत्ती बनाएको छ। त्यसैगरी, साताको अन्तिम कारोबार दिन पनि लघुवित्तको शेयरमूल्यले हरियो मैनबत्ती बनाएको छ। यसले बजारमा लघुवित्तको शेयरमा खरिदकर्ता हाबी रहेको संकेत गर्दछ।

बलियो भोल्यूम

यस साता लघुवित्तको शेयरमूल्य वृद्धिलाई भोल्यूमले पनि साथ दिएको छ। यस साता लघुवित्तको दैनिक औषतमा ८ हजार ७९९ कित्ता शेयर खरिदबिक्री भएको छ। साताको अन्तिम कारोबार दिन लघुवित्तको २० दिने औषत भोल्यूम ६ हजार ९९४ कित्ता रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा दैनिक औषत भोल्यूम २५.८० प्रतिशत बढी हो।

सकारात्मक क्षेत्रतर्फ एमएसिडी

यस साता लघुवित्तको एमएसिडी रेखा सकारात्मक क्षेत्रतर्फ गइरहेको छ। यस साता लघुवित्तको एमएसिडी रेखा सिग्नल रेखाभन्दा माथि रहेको छ। लघुवित्तको हिस्टोग्राम सकारात्मक क्षेत्रमा रहेको छ। यसले लघुवित्तको शेयरमूल्य बुलिश प्रवृत्तिमा रहेको संकेत गर्दछ।

खरिदबिक्री चाप सन्तुलनमा

यस साता स्टकास्टिक आरएसआईमा लघुवित्तको शेयरमूल्य न्यूट्रल जोनमा रहेको छ। यसले बजारमा लघुवित्तको शेयर खरिदबिक्री चाप सन्तुलनमा रहेको संकेत गर्दछ।

वित्तीय अवस्था

लघुवित्तले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा १९ करोड ४५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १७.१२ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १६ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै लघुवित्तको खुद नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३.४२ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी १७.७५ प्रतिशत घटेको छ। त्यसैगरी, समीक्षा अवधिमा लघुवित्तको इम्पेरमेन्ट चार्ज ४ करोड ३५ लाख रुपैयाँबाट घटेर १ करोड ५८ लाख रुपैयाँमा सीमित भएको छ। जसका कारण लघुवित्तको सञ्चालन मुनाफा १०.६८ प्रतिशत बढेको छ। सो अवधिसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा १६ करोड ६८ लाख रुपैयाँ रहेको छ।

पछिल्लो ९ महिनामा लघुवित्तको चुक्ता पूँजी १९ प्रतिशत बढेको छ भने जगेडा कोष ०.२८ प्रतिशत बढेको छ। समीक्षा अवधिमा लघुवित्तको सापटी १७.६४ प्रतिशत र कर्जा १४.१४ प्रतिशत घटेको छ।

नाफा बढेपनि लघुवित्तको प्रतिशेयर आम्दानी भने घटेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ३७ पैसा घटेर २२ रुपैयाँ ६० पैसामा सीमित भएको छ। चैत मसान्तसम्ममा लघुवित्तको बुकभ्यालु १३७ रुपैयाँ ७३ पैसा रहेको छ। साताको अन्तिम कारोबार दिनको आधारमा लघुवित्तको मूल्य आम्दानी अनुपात २३.८१ गुणा रहेको छ भने प्राइस टु बुकभ्यालु रेशियो ३.९१ गुणा रहेको छ।

आधारभूत विश्लेषण

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा हाल लघुवित्तको १ करोड १४ लाख ७७ हजार ४५९.५६ कित्ता शेयर सूचीकृत छ। लघुवित्तको १८० दिने औषत मूल्य ५३८ रुपैयाँ रहेको छ। त्यसैगरी, लघुवित्तको ५२ हप्ताको उच्च मूल्य ७८० रुपैयाँ रहेको छ भने न्यून मूल्य ४९७ रुपैयाँ २० पैसा रहेको छ। साताको अन्तिम कारोबार मूल्यका आधारमा लघुवित्तको कुल बजार पूँजीकरण ६ अर्ब १७ करोड ४८ लाख ७३ हजार २४३ रुपैयाँ २८ पैसा रहेको छ।

ब्रोकर नम्बर ४४ बाट सर्वाधिक खरिद

यस साता ब्रोकर नम्बर ४४ बाट लघुवित्तको शेयर सबैभन्दा बढी खरिद भएको छ। सो ब्रोकरले यस साता लघुवित्तको ५ हजार ८८९ कित्ता शेयर खरिद गरेको छ। त्यसैगरी, यस साता ब्रोकर नम्बर ४ र ३४ ले लघुवित्तको ५ हजारभन्दा बढी कित्ता शेयर खरिद गरेको छ।

यस साता ब्रोकर नम्बर ४५ ले लघुवित्तको सबैभन्दा बढी बिक्री गरेको छ। सो ब्रोकरले लघुवित्तको ८ हजार २७ कित्ता शेयर बिक्री गरेको छ। त्यस्तै, ब्रोकर नम्बर ४२ ले लघुवित्तको ८ हजार १३ कित्ता शेयर बिक्री गरेको छ।

मूल्य घट्ने डर

फियर एण्ड ग्रीड मिटरमा लघुवित्तको शेयर अहिले फियर जोनमा रहेको छ। यद्यपि, यो गत साता र अघिल्लो कारोबार दिनको तुलनामा माथि हो। यसले लगानीकर्ताहरुमा लघुवित्तको शेयरमूल्य घट्ने डर भएपनि अघिल्ला दिनहरुको तुलनामा सो डर सामान्य घटेको छ।

(प्राविधिक विश्लेषणमा प्रयोग गरिएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो भने आधारभूत विश्लेषणमा प्रयोग गरिएका चित्रहरु मेरोलगानी डाटा एनालाइटिक्सबाट लिइएको हो।)

(उपलब्ध तथ्यांकको आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नु अघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)




अर्थ मन्त्रालयले भन्याे 'अर्थमन्त्री पौडेल आक्रमणमा पर्नु भएको होइन'

Sep 10, 2025 11:55 AM

अर्थ मन्त्रालयले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आक्रमणमा नपरेकाे जनाएकाे छ । २०८२ साल भदौ २४ गते अर्थमन्त्री पौडेललाई आक्रमण गरिएको भन्दै फैलाइएका भिडियो तथा हल्लाहरू भ्रामक भएकाे बताएकाे छ ।