लाभांश प्रस्ताव पारित गर्न जाल्पा सामुदायिक लघुवित्तले बोलायो साधारण सभा

May 29, 2023 11:55 AM Merolagani



गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड (JALPA) ले साधारण सभा बोलाएको छ।

लघुवित्तले असार ४ गते, सोमबार द एसआर होटल, ड्राईभरटोल, रुपन्देहीमा चौथो साधारण सभा बोलाएको हो। सो सभा बिहान ९ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष पं्रस्ताव पारित गर्नेछ। त्यसैगरी, सभाले अन्य उपयुक्त लघुवित्तलाई मर्ज अथाव एक्वायर गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ लघुवित्तले जेठ २३ गते, मंगलबार बुकक्लोज गर्ने भएको छ। यस अनुसार जेठ २२ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता जनाउन तथा लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।




माउन्टेन इनर्जीको लाभांश घोषणा, साधारण सभा कहिले?

Oct 13, 2026 10:19 AM

माउन्टेन इनर्जी नेपाल लिमिटेड (MEN) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।