नेपाल र भारतबीच अन्तरदेशीय डिजिटल भुक्तानी सम्झौता, नेपालीले भारतमा र भारतीयले नेपालमा क्युआर भुक्तानी गर्न सक्ने

Jun 01, 2023 02:16 PM Merolagani



नेपाल भारतबीच नेपाल र भारतबीच अन्तरदेशीय डिजिटल भुक्तानी सम्झौता भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा बिहीबार दुई देशबीच डिजिटल भुक्तानीको समझदारी भएको हो ।

दुई प्रधानमन्त्रीको भेटपछि आयोजित पत्रकार सम्मेलनमा नेपालको तर्फबाट सरकारी भुक्तानी प्रणाली सञ्चालक नेपाल क्लियरिङ हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधान र भारतको तर्फबाट नेसनल पेमेन्ट कर्पोरेसन अफ इन्डियाका सीईओ रितेष शुक्लाले सम्झौतापत्र आदानप्रदान गरका थिए ।

यो सँगै नेपाल भारत बचि डिजिटल भुक्तानीको बाटो खुलेको छ । अब नेपाली नागरिकले भारतमा र भारतीय नागरिकले नेपालमा डिजिटल वालेट र मोबाइल बैंकिङको माध्यमबाट क्यूआर स्क्यान गरी डिजिटल भुक्तानी सक्ने छन ।




मुक्तिनाथ विकास बैंकले जानकी फाइनान्स र सिन्धु विकास बैंकलाई एक्वायर गर्ने

Sep 07, 2026 10:02 AM

मुक्तिनाथ विकास बैंक लिमिटेड (MNBBL) ले जानकी फाइनान्स र सिन्धु विकास बैंकलाई एक्वायर (प्राप्ती) गर्ने भएको छ। भदौ १९ गते बसेको यी बैंकहरुको सञ्चालक समितिको बैठकले सो प्राप्तीको निर्णय गरेको हो।