नेपाल र भारतबीच अन्तरदेशीय डिजिटल भुक्तानी सम्झौता, नेपालीले भारतमा र भारतीयले नेपालमा क्युआर भुक्तानी गर्न सक्ने

Jun 01, 2023 02:16 PM Merolagani



नेपाल भारतबीच नेपाल र भारतबीच अन्तरदेशीय डिजिटल भुक्तानी सम्झौता भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा बिहीबार दुई देशबीच डिजिटल भुक्तानीको समझदारी भएको हो ।

दुई प्रधानमन्त्रीको भेटपछि आयोजित पत्रकार सम्मेलनमा नेपालको तर्फबाट सरकारी भुक्तानी प्रणाली सञ्चालक नेपाल क्लियरिङ हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधान र भारतको तर्फबाट नेसनल पेमेन्ट कर्पोरेसन अफ इन्डियाका सीईओ रितेष शुक्लाले सम्झौतापत्र आदानप्रदान गरका थिए ।

यो सँगै नेपाल भारत बचि डिजिटल भुक्तानीको बाटो खुलेको छ । अब नेपाली नागरिकले भारतमा र भारतीय नागरिकले नेपालमा डिजिटल वालेट र मोबाइल बैंकिङको माध्यमबाट क्यूआर स्क्यान गरी डिजिटल भुक्तानी सक्ने छन ।




१९ कम्पनीले गरे लाभांश घोषणा, कुन कम्पनीको शेयर किन्दा अझै पाइन्छ लाभांश ?

Oct 08, 2025 06:00 PM

साधारणतया आर्थिक वर्ष सकेपछिकाे पहिलो ६ महिना सूचीकृत कम्पनीहरुले आफ्नो गच्छेअनुसार लाभांश बाँड्ने समय हो । कम्पनीहरुले पुस मसान्त अगाडि नै साधारण सभा गर्ने हुँदा त्यस अगाडि चौथो त्रैमासिक वित्तीय विवरण विश्लेषण गरेर लगानी गर्ने गर्दछन् ।