बैदेशिक रोजगार बीमालेखबाट करिब ३ अर्ब बीमाशुल्क आर्जन, कुन कम्पनीबाट कति?

Jun 01, 2023 02:54 PM Merolagani



चालु आर्थिक वर्षको १० महिनासम्ममा जीवन बीमा कम्पनीहरुले करिब ३ अर्ब बढीको बीमाशुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार जीवन बीमा कम्पनीहरुले बैदेशिक रोजगार बीमालेख बिक्री गरेर २ अर्ब ७१ करोड २३ लाख रुपैयाँ आर्जन गरेका हुन् ।

जीवन बीमा कम्पनीहरुले १५ लाख २३ हजार २६८ वटा बीमालेख बिक्री गरी सो बराबरको बीमाशुल्क आर्जन गरेका हुन् ।

यस अवधिमा सबै भन्दा धेरै बीमालेख जारी गरेको सन नेपाल लाइफले ९५ करोड ९९ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । कम्पनीले ७ लाख २६ हजार ६२९ वटा बीमालेख जारी गरी सो बराबरको बीमाशुल्क आर्जन गरेका हुन् ।

यस्तै सूर्यज्योति लाइफले २ लाख ८० हजार ६३४ वटा बीमालेख जारी गरी ३७ करोड १४ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । यस अवधिमा आइएमई लाइफले ३६ करोड ६८ लाख रुपैयाँ, नेपाल लाइफले ३४ करोड २१ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफले २१ करोड ४५ लाख रुपैयाँ बैदेशिक रोजगार बीमालेख बिक्री गरी सो बराबरको बीमाशुल्क आर्जन गरेका हुन् ।

यसैगरी सिटिजन लाइफ, रिलायवल नेपाल लाइफ र नेशनल इन्स्योरेन्सले पनि बैदेशिक रोजगार बीमालेख बिक्री गरी १० करोड भन्दा बढी बीमाशुल्क आर्जन गरेका छन् ।

बैशाख महिनामा मात्रै जीवन बीमा कम्पनीहरुले ५८ हजार ५०० वटा बीमालेख बिक्री गरी २३ करोड ३६ लाख ८८ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको प्राधिकरणको तथ्यांक छ ।




सपथ नलिदै ‘बालेन सरकार’ विरुद्ध सरकारी हाकिमहरु सडकमा

Mar 26, 2026 01:51 PM

फागुन २१ को निर्वाचनमा प्रचण्ड बहुमत जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वमा सुक्रबार नयाँ सरकार गठन हुने तयारी भइरहेको छ ।