मर्जर पश्चात आइजीआई प्रुडेन्सियलको शेयर नेप्सेमा सूचीकृत, ओपनिङ्ग रेन्ज कति?

Jun 01, 2023 03:39 PM Merolagani



साविकको आईएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीबीच एक आपसमा मर्जर पश्चात कायम भएको शेयर नेप्सेमा सूचीकृत भएको छ । आइजीआई प्रुडेन्सियल  इन्स्याेरेन्स (IGI) को नाममा साविक दुबै कम्पनीको शेयर नेप्सेमा सूचीकृत भएको हो ।

बिहीबार आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको ३ करोड २ लाख ९३ हजार ३४७ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो । साविकको आईएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीबीच मर्जर पश्चात १ः१ को अनुपातमा कायम हुन आएको सो शेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीको शेयरलाई नेप्सेले ३७० रुपैयाँ ८२ पैसा ओपनिङ्ग रेन्ज तोकिएको छ । सोहि आधारमा आइतबार देखि कम्पनीको शेयर कारोबारमा आउनेछ । कम्पनीको शेयरलाई नेप्सेले आईजीआई कारोबार संकेत प्रदान गरेको छ ।




अर्थ मन्त्रालयले भन्याे 'अर्थमन्त्री पौडेल आक्रमणमा पर्नु भएको होइन'

Sep 10, 2025 11:55 AM

अर्थ मन्त्रालयले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आक्रमणमा नपरेकाे जनाएकाे छ । २०८२ साल भदौ २४ गते अर्थमन्त्री पौडेललाई आक्रमण गरिएको भन्दै फैलाइएका भिडियो तथा हल्लाहरू भ्रामक भएकाे बताएकाे छ ।