सावधिक जीवन बीमामा आर्कषण बढ्दा एकल बीमा शुल्क बीमा भने घट्यो

Jun 04, 2023 04:06 PM Merolagani

जीवन बीमा कम्पनीहरुले बिक्री गर्दै आएका योजनाहरु मध्ये सावधिक जीवन बीमा योजना बीमितरुको आकर्षण कायमै रहेका छन् । चालु आर्थिक वर्षको बैशाखसम्मको तथ्यांकमा पनि यस्तो देखिएको हो ।

चालु आर्थिक वर्षको बैशाखसम्ममा सावधिक बीमा अन्तर्गत जीवन बीमा कम्पनीहरुले २० लाख १९ हजार ९१५ वटा बीमालेख जारी गरी ४४ अर्ब २७ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् ।

यो जीवन बीमा कम्पनीहरुले आर्जन गरेको कुल बीमाशुल्क १ खर्ब १४ अर्ब १० करोड ९७ लाख रुपैयाँको ३८.८० प्रतिशत हो ।

जीवन बीमा कम्पनीहरुले यस अवधिमा ४ लाख ३३ हजार १२० वटा अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख जारी गरी २७ अर्ब १४ करोड १२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् । यो कुल बीमाशुल्कको २३.७९ प्रतिशत हो ।

जीवन बीमा कम्पनीहरुले बैशाखसम्ममा संकलन गरेको कुल बीमाशुल्कमा बालबच्चा सावधिक जीवन बीमा योजनाको १५ प्रतिशत, रुपान्तरित जीवन बीमाको १३.४६ प्रतिशत, आजीवन जीवन बीमाको ३.०९ प्रतिशत, बैदेशिक रोजगार म्यादी जीवन बीमा २.३८ प्रतिशत, लघु जीवन बीमाको १.७३ प्रतिशत र म्यादी जीवन बीमाको ०.९२ प्रतिशत योगदान रहेको छ ।

सबै भन्दा कम बीमाशुल्क भने एकल बीमाशुल्क जीवन बीमा योजनाबाट संकलन भएको छ । यस योजना अन्तर्गत जीवन बीमा कम्पनीहरुले २४ हजार ४६७ वटा बीमालेख बिक्री गरी ९५ लाख ५० हजार रुपैयाँ मात्रै बीमाशुल्क आर्जन गरेको हो ।

जीवन बीमाको करिब आधा हिस्सा बागमति प्रदेशले ओगट्यो

जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको बैशाखसम्ममा १ खर्ब १४ अर्ब १० करोड ९८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् । यस अवधिमा १५ जीवन बीमा कम्पनीहरुले १ करोड ३८ हजार ८३ लाख ३५७ वटा बीमालेख जारी गरी सो बराबरको बीमाशुल्क आर्जन गरेका हुन् ।

बीमाशुल्क आर्जनको आधारमा जीवन बीमा कम्पनीहरुको व्यवसाय बागमती प्रदेशले मात्रै करिब आधा हिस्सा ओगटेको छ । चालु आर्थिक वर्षको बैशाखसम्ममा जीवन बीमा कम्पनीहरुले १ खर्ब १४ अर्ब १० करोड ९८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् । त्यसमध्ये ५१ अर्ब ३५ करोड रुपैयाँ बराबरको बीमाशुल्क बागमती प्रदेशबाट मात्रै संकलन भएको नेपाल बीमा प्राधिकरणको तथ्यांक छ ।

बागमती प्रदेशबाट मात्रै संकलन भएको यो बीमाशुल्क जीवन बीमा कम्पनीहरुले आर्जन गरेको कुल बीमाशुल्कको ४५ प्रतिशत हो । बागमती प्रदेशपछि लुम्बिनी प्रदेशबाट सबै भन्दा धेरै बीमाशुल्क संकलन भएको छ । लुम्बिनीबाट जीवन बीमा व्यवसाय मार्फत १६ अर्ब ६५ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । यो कुल बीमाशुल्कको १४.६० प्रतिशत हुन आउँछ । जीवन बीमा व्यवसायमा प्रदेश १ बाट पनि १३ अर्ब ७० करोड रुपैयाँ अर्थात कुल बीमाशुल्कको १२.०१ प्रतिशत योगदान रहेको छ ।

 

यस्तै गण्डकी प्रदेशबाट ११ अर्ब ३९ करोड रुपैयाँ, मधेश प्रदेशबाट १० अर्ब ५५ करोड रुपैयाँ र सुदरपश्चिम प्रदेशबाट ५ अर्ब ८३ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन् ।

सबै भन्दा कम बीमाशुल्क आर्जन गर्नेमा भने कर्णाली प्रदेशको रहेको छ । यस अवधिमा कर्णाली प्रदेशले २ लाख ७७ हजार ८३५ वटा जीवन बीमालेख बिक्री गरी ४ अर्ब ६१ करोड रुपैयाँ मात्रै बीमाशुल्क आर्जन गरेको छ । यो जीवन बीमा कम्पनीहरुले आर्जन गरेको कुल बीमाशुल्कको ४.११ प्रतिशत मात्रै हुन आउँछ ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।