यूनिक नेपाल लघुवित्तको एफपीओ बाँडफाँट

Jun 08, 2023 09:37 AM Merolagani

जेठ २५ गते, बिहीबार, यूनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड (UNLB) को एफपीओ बाँडफाँट भएको छ। लघुवित्तले जेठ ११ गतेदेखि १७ गतेसम्म सर्वसाधारणका लागि निष्काशन गरेको एफपीओ बाँडफाँट गरेको हो।

लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ३ लाख ७९ हजार ४२५ कित्ता शेयर निष्काशन गरेको थियो। सो एफपीओमा १३ लाख ५७ हजार १८० जनाले १ करोड ५४ लाख २७ हजार ५३० कित्ता शेयरका लागि आवेदन दिएका थिए। जसमध्ये १ हजार ४९३ आवेदन रद्द भएको छ भने १३ लाख ५५ हजार ६८७ आवेदन स्वीकृत भएको छ।

स्वीकृत आवेदनमध्ये ३७ हजार ९४२ आवेदकलाई १० कित्ताका दरले शेयर बाँडफाँट गरीएको छ। जसमध्ये भाग्यमानी ५ जनालाई थप एक कित्ता अर्थात कुल ११ कित्ता बाँडफाँट गरिएको छ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।