धेरैजसो फलफूलको भाउ अचाक्ली बढ्दा फलफूलकै राजा मानिने आँपको मूल्य भने दिनहुँ घट्दै, ‘सरकारले लियो आँप खाउँ नीति’

Jun 09, 2023 03:49 PM Merolagani

बजेट भाषणमार्फत सरकारले फलफूलमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाएपछि विदेशबाट आउने फलफूलको मूल्य एकाएक बढन पुगेको हो । तर,स्वदेशमा नै उत्पादन भएर बजारमा आइरहेको फलफूलकै राजा मानिने आँपको मूल्य भने दिनहुँ घट्दै गइरहेको छ ।

विदेशबाट आयात हुने स्याउ, अनार लगायतका फलफूलमा सरकारले भ्याट लगाएका कारण मूल्य दोब्बरसम्म बढेको छ । बजेट आउनु अघि अर्थात जेठ १५ अघि प्रतिकिलो २०० रुपैयाँमा पाइने स्याउ अहिले ३०० देखि ३५० सम्म पुगेको फलफूल व्यापारीहरु बताउँछन् ।

यसैगरी,अनारकोे भाउ पनि जेठ १५ गते अघिको तुलनामा प्रतिकिलो १५० देखि २०० रुपैयाँसम्म महँगिएको छ । अहिले अनार ४०० देखि ५०० रुपैयाँसम्म पुगेको छ ।

यता, फलफूलको राजाको आँप स्वदेशमै उत्पादन भएको बजारमा आएकाले आपँको मूल्य भने दिनहुँ घट्दै गएको छ । केही दिन अघिसम्म प्रतिकिलो १०० रुपैयाँमा किनबेच भइरहेको आँप अहिले १०० रुपैयाँ भन्दा तल आएको छ ।

सरकारले फलफूलमा भ्याट लगाउने व्यवस्था गरेपछि आयात रोकिएकाले फलफूलको मूल्य बढ्न पुगेको कालीमाटी तरकारी तथा फलफूल थोक बजार संघका अध्यक्ष गिताप्रसाद आचार्यले बताए । ‘बाहिरबाट आयात नभएपछि स्टकमा रहेका फलफूलको मूल्य बढन पुगेको छ,’ उनले भने, ‘अहिले पुरानो स्टक भएका व्यापारीले मात्र फलफूल बिक्री गरिरहेका छन् ।’

सरकार बजेट मार्फत स्वदेशी फलफूल उत्पादनलाई प्रोत्साहन गर्ने नीति लिएको छ । विदेशबाट आयात हुने फलफूललाई निरुत्साहित हुने गरी भ्याट लगाएका कारण मूल्य अचाक्लि बढेको आर्चायको भनाइ छ । ‘अहिले सरकारले आँप खाउ नीति लिएको छ,’उनले भने,‘यसले गर्दा स्वदेशमा उत्पादित आँपको मूल्य घटेको छ भने अन्य विदेशबाट आउने फलफूलको मूल्य बढेको छ ।’

फलफूल मात्र होइन्, विदेशबाट आउने तरकारीमा पनि सरकारले भ्याट लगाएका कारण तरकारीको मूल्य पनि बढेको छ ।

भान्सामा विहान बेलुका नभै नहुने प्याज मूल्य बढेको छ । व्यवसायीले त भ्याट लगाएको भन्दै प्याजको आयात नै बन्द गरेपछि त ३० रुपैयाँ किलोमा पाइने प्याजको भाउ दोब्बर भन्दा बढीले बढेको छ ।

सरकारले प्याजमा भ्याट लगाउने व्यवस्था गरेपछि त प्याज नै आयात रोकिएको छ । अहिले पुरानो स्टक भएका व्यापारीले आफ्नो मनलाग्दी भाउमा प्याज बिक्री गरिरहेका छन् ।

प्याज नै नभएपछि कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले प्याजको मूल्यसूची नै राख्न छाडेको छ । प्याज नभएपछि कारोबार हुने कुरै भएन, त्यही भएर मूल्यसूची पनि राख्न छाडिएको हो ।

प्याजसँगै आलु पनि आयात हुन छाडेको छ । आलु आयात हुन छोडेपछि त्यसको पनि मूल्य बढेको छ ।

आलु पनि स्टक छउन्जेल बिक्री गर्ने हो नभएपछि त्यसको पनि प्याजको जस्तै मूल्यसूची हटाउने कालीमाटी तरकारी तथा फलफूल थोक बजार संघको भनाइ छ । आलु र प्याज भारतबाट आयात हुन छाडेपछि त्यसको असर भान्सासम्म परेको छ ।

सर्वसाधारणको भान्सा महँगिएको छ । धेरै हालेर पकाउने प्याज अहिले बास्नाका लागि मात्र प्रयोग गर्न थालिएको छ ।

एभोकाडो, स्याउ, श्रीफल (क्विन्स), खुर्पानी (एप्रिकोट), अमिलो चेरी, अन्य, स्ट्रबेरी, रेस्पबेरी र क्रेनबेरी, बिलबेरी, किबी फ्रुट, हलुवावेदलगायत फलफूलमा मूल्य अभिवृद्धि कर लगाएको हो । यी वस्तुमा गत वर्ष मूल्य अभिवृद्धि लाग्ने गरेको थिएन ।

प्याज, केराउ, फ्रोजन सागपात, आलु, कोसे तरकारी, केराउ (छोडाएको वा नछोडाएको), बोडी (सिमी), पालुंगो, न्युजिल्यान्ड पालुंगोसमेत, गुलियो वा स्वादिलो मकै, अन्य सागपात र मिश्रित सागपातमा कर लगाइएको हो ।

सरकारले यसअघि तरकारी तथा फलफूलसहित अन्य १७० वस्तुको आयातमा मूल्य अभिवृद्धि कर छुट दिएको थियो । तर अर्थमन्त्री प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेटमार्फत ती वस्तुमा दिइँदै आएको छुट खारेज गरेका छन् ।

‘सरकारले छुट तथा सहुलियत व्यवस्थामा पुनरावलोकन गरी कराधार विस्तार गर्ने उद्देश्यले मूल्य अभिवृद्धि करका १७० र अन्तःशुल्कका ३४० छुटका दर खारेज गरेको छु,’ बजेट वक्तव्यमा उल्लेख छ । अघिल्लो आर्थिक वर्ष पनि कृषिजन्य वस्तुमा भ्याट लाग्ने गरेको थियो । गत वर्षको सरकारले भने छुट दिने निर्णय गरेको थियो । यो सरकारले पुनः निरन्तरता दिएको हो ।

तरकारी भ्याट लाग्न थालेपछि घरको भान्सा महंगिएको छ । आँप बाहेक अन्य फलफूलको भाउ पनि महंगिएकाले सहज रुपमा खान सक्ने अवस्था सर्वसाधारण छैनन् ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।