गत आर्थिक वर्षको चैत मसान्तसम्ममा विद्युत बिक्रीमार्फत ६० करोड ६५ लाख रुपैयाँ आम्दानी गरेको यस कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १ अर्ब २१ करोड ९८ लाख रुपैयाँ यस्तो आम्दानी गरेको छ।
विद्युत बिक्री आम्दानीसँगै कम्पनीको खुद नाफा पनि बढेको छ। समीक्षा अवधिमा कम्पनीको खुद नाफा ६ करोड ७८ लाख रुपैयाँबाट बढेर ३० करोड १६ लाख रुपैयाँ पुगेको छ। चैत मसान्तसम्ममा कम्पनीको सञ्चालन मुनाफा ७६ करोड ४४ लाख रुपैयाँ रहेको छ।
३ अर्ब १२ करोड ५० लाख रुपैयाँ चुक्ता पूँजी भएको यस कम्पनीको रिटेन्ड अर्निङ्ग २० करोड ८० लाख रुपैयाँ रहेको छ।
चैत मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी १२ रुपैयाँ ८६ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १०६ रुपैयाँ ६६ पैसा रहेको छ।