जसलाई जो कोहीले पनि स्वभाविक रुपमै लिनु पर्छ। तर मंगलबार भने शुभम् पावरको शेयर मूल्यमा आएको उतार चढाव भने हेर्न लायक देखियो। कुनै पनि कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार भन्दा दुई प्रतिशत मात्रै घट/बढ हुन सक्छन्। त्यो भन्दा माथि टिएमएसले नै कारोबार गर्न दिँदैन। तर यो सामान्य लगानीकर्ताको लागि मात्रै हो। शेयरको खेलो फड्को गर्नेले भने एक कारोबार पछि नै १४ प्रतिशसतसम्म बढाउन र ११ प्रतिशतसम्म घटाउन सक्छन्। मंगलबारको फ्लोर सिटमा शुभम् पावरको कारोबारमा त्यस्तै देखिएको छ। जुन कारोबार ब्रोकर नम्बर २० र सात नम्बर मार्फत भएका छन्।
यस्तो कारोबार सम्भव छ भन्ने प्रश्नमा नेप्सेले भने यसलाई स्वाभाविक रूपमा लिएको छ। उसले एक कारोबार दिनमा कम्पनीको मूल्य १० प्रतिशतसम्म बढ्न सक्ने बताएको छ। त्यो रेन्जसम्म कारोबार भएकोलाई सामान्य रुपमा लिनु पर्ने नेप्सेका प्राविधिक शाखाका एक अधिकारीले भने।
सिस्टमले १० प्रतिशतसम्म बढ्ने र घट्ने रेन्ज तय गर्नाले कारोबार नै प्रभावित हुन सक्ने सम्भावनालाई भने नकार्न सकिदैन। यसले सोझा सिधा लगानीकर्तालाई भने निकै ठूलो समस्यामा पार्न सक्ने देखिन्छ। जसले गर्दा नियमित रुपमा दुई प्रतिशत घटबढ हुने व्यवस्थालाई निरन्तरता दिदै १० प्रतिशतसम्म बढ्ने वा घट्ने गरि बनाइएको सिस्टमलाई खारेज गर्नु पर्ने देखिन्छ।