नाबालिगमाथि बलात्कारकाे आरोपमा ५१ वर्षका एक पुरूष पक्राउ

Jul 26, 2023 01:57 PM Merolagani



काठमाडाैंकाे सितापाइलामा एक नाबालिगमाथि बलात्कार भएकाे छ । १३ वर्षकी बालिकामाथि बलात्कार गरेकाे भन्दै ५१ वर्षका एक पुरूष पक्राउ परेका छन् ।

प्रहरीले नागार्जुन नगरपालिका-२ पाँचधारा घर भएका मनोज महर्जनलाई मंगलबार पक्राउ गरेकाे हाे । उनी वडा नम्बर ६ फस्कुमा बसाेबास गर्ने गर्छन् ।

असार ३० गते, महर्जनले नागार्जुन-४ सीतापाइलामा रहेकाे पार्किङमा राखिएकाे बसमा नाबालिगलाई लगेर बलात्कार गरेका थिए । यद्धपी बसको नम्बर खुलाइएको छैन। 

प्रहरी वृत्त स्वयम्भूको टोलीले उजुरी पाएपछि उनलाई नियन्त्रणमा लिएकाे हो। म्याद थप गरी महर्जनमाथि अनुसन्धान भइरहेकाे छ।