नाबालिगमाथि बलात्कारकाे आरोपमा ५१ वर्षका एक पुरूष पक्राउ

Jul 26, 2023 01:57 PM Merolagani

काठमाडाैंकाे सितापाइलामा एक नाबालिगमाथि बलात्कार भएकाे छ । १३ वर्षकी बालिकामाथि बलात्कार गरेकाे भन्दै ५१ वर्षका एक पुरूष पक्राउ परेका छन् ।

प्रहरीले नागार्जुन नगरपालिका-२ पाँचधारा घर भएका मनोज महर्जनलाई मंगलबार पक्राउ गरेकाे हाे । उनी वडा नम्बर ६ फस्कुमा बसाेबास गर्ने गर्छन् ।

असार ३० गते, महर्जनले नागार्जुन-४ सीतापाइलामा रहेकाे पार्किङमा राखिएकाे बसमा नाबालिगलाई लगेर बलात्कार गरेका थिए । यद्धपी बसको नम्बर खुलाइएको छैन। 

प्रहरी वृत्त स्वयम्भूको टोलीले उजुरी पाएपछि उनलाई नियन्त्रणमा लिएकाे हो। म्याद थप गरी महर्जनमाथि अनुसन्धान भइरहेकाे छ।

comments powered by Disqus

नयाँ ब्रोकर कमिशन आजदेखि लागू हुने

May 14, 2024 09:07 AM

जेठ १ गते (आज) देखि नयाँ ब्रोकर कमिसन दर लागू हुँदैछ। नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसूची १४ मा गरेको हेरफेर अनुसार आजदेखि नयाँ ब्रोकर कमिशन लागू हुने भएको हो।