यस कारण घट्यो हिमालयन डिष्टिलरीको बिक्री आम्दानी, खुद नाफा कति?

Aug 15, 2023 04:34 AM Merolagani



हिमालयन डिष्टिलरी लिमिटेड (HDL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको बिक्री आम्दानी अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले ६ अर्ब ३८ करोड ९९ लाख रुपैयाँ बिक्री आम्दानी गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २५.४३ प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ८ अर्ब ५६ करोड ८८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

नेपाल सरकारले बजेट मार्फत गरेको अन्तः शुल्क वृद्धि, तरलता संकुचान, कच्चा पदार्थको लागमा वृद्धि, ब्याजदरमा उच्च वृद्धिका साथै उच्च प्रतिस्पर्धाको अवस्था जस्ता कारणले सम्पूर्ण अर्थतन्त्रमा असर पर्दा कम्पनीको व्यवसायमा पनि असर गरेको कम्पनीले जनाएको छ। यी कारणहरुले गत वर्षमा कम्पनीको खुद नाफा घट्न पुगेको वित्तीय विवरणमा उल्लेख छ।

बिक्री आम्दानीसँगै कम्पनीको खुद नाफा पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको खुद नाफा ३७.५४ प्रतिशत घटेर ६६ करोड १ लाख रुपैयाँमा सीमित भएको छ। अघिल्लो आर्थिक वर्षमा कम्पनीले १ अर्बभन्दा बढी खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ४२ रुपैयाँ ४४ पैसा घटेर २७ रुपेयाँ १७ पैसामा झरेको छ। असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १३८ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात ८२.७४ गुणा रहेको छ।

२ अर्ब ४२ करोड ९५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ९२ करोड ३३ लाख रुपैयाँ सञ्चित छ। कम्पनीको जगेडा कोष समीक्षा अवधिमा ३०.३८ प्रतिशत घटेको हो।




धितोपत्र बोर्ड अध्यक्ष भट्टले यसै साता 'थ्री-इन-वान' प्याकेज सार्वजनिक गर्दै, 'थ्री-इन-वान' प्याकेजमा के के छन् ?

Jul 13, 2026 06:06 AM

सुवास निरौला

नेपालको पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) यति बेला 'थ्री-इन-वान' प्याकेज लेख्ने कार्यमा व्यस्त छ।