ओरियन्टल होटलको आम्दानी १ अर्ब नाघ्यो, नाफा धनात्मक

Aug 17, 2023 09:46 AM Merolagani



ओरियन्टल होटल लिमिटेड (OHL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको सञ्चालन आम्दानी १ अर्ब नाघेको छ भने खुद नाफा धनात्मक भएको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले १ अर्ब ९ करोड ४० लाख रुपैयाँ सञ्चालनमार्फत आम्दानी गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुनलामा ९१.८६ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको यस्तो आम्दानी ५७ करोड २ लाख रुपैयाँ थियो।

सञ्चालन आम्दानीसँगै कम्पनीको खुद नाफा पनि बढेको छ। अघिल्लो आर्थिक वर्षमा २ करोड ४६ लाख रुपैयाँ ऋणात्मक रहेको खुद नाफा गत आर्थिक वर्षमा १७ करोड ८४ लाख रुपैयाँ धनात्मक भएको छ।

समीक्षा अवधिमा कम्पनीको कुल नाफा १०३.९७ प्रतिशत बढेको छ भने अन्य आम्दानी १४०.१८ प्रतिशत बढेको छ। त्यसैगरी, कम्पनीको सञ्चालन आम्दानी समीक्षा अवधिमा ८०६.८५ प्रतिशत बढेको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि धनात्मक भएको छ। असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी १५ रुपेयाँ ८२ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १९३ रुपैयाँ ७ पैसा रहेको छ। सो अवधिसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात ५०.५२ गुणा रहेको छ।

१ अर्ब १२ करोड ८० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा १ अर्ब ४ करोड ९९ लाख रुपैयाँ सञ्चित छ।




नबिल बैंकको नाफा करिब ८ अर्ब, लाभांश क्षमतामा पनि सुधार

Aug 05, 2026

नेपालको अग्रणी वाणिज्य बैंक नबिल बैंक लिमिटेड (NABIL) ले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा, खुद ब्याज आम्दानी र लाभांश क्षमतामा अघिल्लो आर्थिक वर्षको तुलनामा राम्रो वृद्धि देखिएको छ।