नाफासँगै बढ्यो युनिलिभरको प्रतिशेयर आम्दानी

Aug 17, 2023 12:41 PM Merolagani



युनिलिभर नेपाल लिमिटेड (UNL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले १ अर्ब ८३ करोड रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १८.६८ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १ अर्ब ५४ करोड २० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

आम्दानी बढेसँगै कम्पनीको खुद नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी १५.६४ प्रतिशत बढेर ८ अर्ब ४८ करोड ४ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्ष कम्पनीको यस्तो आम्दानी ७ अर्ब ३३ करोड ३६ लाख रुपैयाँ थियो। त्यसैगरी, समीक्षा अवधिमा कम्पनीको अन्य आम्दानी ५८.९५ प्रतिशत बढेको छ भने कुल आम्दानी १६.३४ प्रतिशत बढेको छ। समीक्षा अवधिमा कम्पनीको कुल खर्च १५.२५ प्रतिशत बढेको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ३१२ रुपैयाँ ७० पैसा बढेर १ हजार ९८६ रुपैयाँ ९७ पैसा पुगेको छ। असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ४ हजार ७३४ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात ८३.८५ गुणा रहेको छ।

९ करोड २१ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ्गमा ४ अर्ब २६ करोड ६५ लाख रुपैयाँ रहेको छ।




धितोपत्र बजारकाे ‘कालो कर्तुत‘काे पर्दाफास: बोर्डले तयार पारेको दुईवटा जाँचबुझ प्रतिवेदनहरूमा के छ ?

Apr 21, 2026 07:47 PM

नेपालको धितोपत्र बजारमा सर्वसाधारण लगानीकर्ताको पसिनाको कमाइमाथि कसरी ‘कलोनी’ खडा गरिएको छ भन्ने तथ्य बोर्डको गोप्य प्रतिवेदनले प्रमाणित गरेको छ।