मर्ज हुँदै साधना लघुवित्त र सबैको लघुवित्त

Sep 03, 2023 10:22 AM Merolagani



साधना लघुवित्त वित्तीय संस्था लिमिटेड (SDLBSL) र सबैको लघुवित्त वित्तीय संस्था एक आपसमा मर्ज हुने भएका छन्। यी दुई लघुवित्तले भदौ १५ गते, शुक्रबार एक आपसमा गाभ्ने गाभिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका छन्।

मर्जर सम्झौतापश्चात यी दुई लघुवित्तका आधारभुत शेयरधनीहरुको शेयर कारोबार रोक्का रहने भएको छ। साधना लघुवित्त वित्तीय संस्थाको आधारभुत शेयरधनीमा ७ जना रहेका छन् भने सबैको लघुवित्त (SABSL) को आधारभुत शेयरधनीमा २० जना रहेका छन्। यी आधारभुत शेयरधनीहरुको शेयर कारोबार साधारण सभा सम्पन्न नभएसम्मका लागि कारोबार रोक्का रहनेछ।




लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश दिने व्यवस्था पुनरावलोकन हुँदा यी लघुवित्तमा आउन सक्छ बहार

Jul 15, 2025 06:43 AM

नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।