माथिल्लो मैलुङ खोलाको आईपीओ बाँडफाँट, यसरी हेर्न सकिन्छ नतिजा

Sep 19, 2023 08:34 AM Merolagani



असोज १ गते, सोमबार, माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीले साउन ४ गतेदेखि भदौ १७ गतेसम्म आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेको हो।

कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १० लाख कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको थियो। सोमध्ये कम्पनीले रीतपूर्वक आवेदन दिएका लगानीकर्ताहरुलाई माग गरे बमोजिम हुनेगरी धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका, २०७४ तथा विवरण पत्रको दफा ग.१०.ङ (क) ९ को अधिनमा रहि कुल ९ लाख ९० हजार ८०० कित्ता साधारण शेयर बाँडफाँट गरेको हो।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। शेयर बाँडफाँटसम्बन्धि विवरण सानिमा क्यापिटलको वेबसाइट https://www.sanima.capital/ipo र कम्पनीको वेबसाइट https://sanimamailung.com  बाट हेर्न सकिनेछ।




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।