Thu, Mar 19, 2026
असोज २ गते, मंगलबार हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा कम्पनीको आईपीओ बाँडफाँट भएको छ।
कम्पनीले भदौ २१ गतेदेखि २५ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता ५० रुपैयाँ अंकित मूल्यका २४ लाख २७ हजार ७ सय ५० कित्ता आईपीओ निष्काशन गरेको थियो। कम्पनीको आईपीओमा कुल १२ लाख ७० हजार ९९१ आवेदन परेको बिक्री प्रबन्धकले बताएको छ। सोमध्ये १२ लाख ६७ हजार ७०९ आवेदन स्वीकृत भएको छ भने ३ हजार २८२ आवेदन रद्द भएको छ। मागभन्दा बढी आवेदन परेका कारण धितोपत्र बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँडफाँट गरिएको छ। यस अनुसार १ लाख २१ हजार ३८७ आवेदकले २० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन्। सोमध्ये १० आवेदकले थप एक कित्ता अर्थात कुल २१ कित्ताका दरले शेयर प्राप्त गरेका छन्। आईपीओको नतिजा सिडिएस एण्ड क्लियरिङ्गबाट सञ्चालित वेबसाइट https://iporesult.cdsc.com.np बाट केही समयपश्चात हेर्न सकिनेछ।
कम्पनीले भदौ २१ गतेदेखि २५ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता ५० रुपैयाँ अंकित मूल्यका २४ लाख २७ हजार ७ सय ५० कित्ता आईपीओ निष्काशन गरेको थियो। कम्पनीको आईपीओमा कुल १२ लाख ७० हजार ९९१ आवेदन परेको बिक्री प्रबन्धकले बताएको छ। सोमध्ये १२ लाख ६७ हजार ७०९ आवेदन स्वीकृत भएको छ भने ३ हजार २८२ आवेदन रद्द भएको छ।
मागभन्दा बढी आवेदन परेका कारण धितोपत्र बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँडफाँट गरिएको छ। यस अनुसार १ लाख २१ हजार ३८७ आवेदकले २० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन्। सोमध्ये १० आवेदकले थप एक कित्ता अर्थात कुल २१ कित्ताका दरले शेयर प्राप्त गरेका छन्।
आईपीओको नतिजा सिडिएस एण्ड क्लियरिङ्गबाट सञ्चालित वेबसाइट https://iporesult.cdsc.com.np बाट केही समयपश्चात हेर्न सकिनेछ।
वाणिज्य बैंकहरुले चैत महिनाका लागि नयाँ ब्याजदर प्रकाशित गरेका छन्। प्रकाशित सूचना अनुसार बैंकहरुको अधिकतम औषत ब्याजदर फागुन महिनाको तुलनामा घटेको छ।