१२ करोडको सीमा संशोधन हुने हल्लाले बढायो बजार

Sep 26, 2023 03:22 PM Merolagani



साताको पहिलो दुई कारोबार दिन घटेर बन्द भएको नेप्से परिसूचक मंगलबार भने बढेर बन्द भएको छ। यस दिन नेप्से परिसूचक १८.४५ अंक बढेर २०२२.९१ विन्दुमा पुगेको छ।

यस दिन बजार बढ्नलाई १२ करोडको सीमा संशोधन हुने हल्लाले सहयोग गरेको छ। लामो समयदेखि बजारलाई संकुचित पारिरहेको १२ करोडको सीमा हटाउन चौतर्फि दबाब सिर्जना भएपछि राष्ट्र बैंकले सो सीमा संशोधन गर्ने हल्ला बजारमा फैलिएको छ। सोही हल्लाले यस दिन बजारलाई बढ्न टेवा दिएको हो।

यस दिन सेन्सेटिभ इण्डेक्स २.५६ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.२४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.९० अंक बढेको छ।

नेप्सेको वृद्धिलाई यस दिन भोल्यूमले पनि साथ दिएको छ। यस दिन नेप्सेको कारोबार रकम अघिल्लो दिनको तुलनामा बढेको छ। अघिल्लो कारोबार दिन डेढ अर्बको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २८६ स्टकको ७८ हजार ६१६ पटकको कारोबारमा २ अर्ब ९ करोड ३८ लाख रुपैयाँ बराबरको ८७ लाख ४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन तीन कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन मेन्छियाम हाइड्रोपावर, मनकामना इन्जिनियरिङ्ग र शुभम पावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यसैगरी, यस दिन मोलुङ्ग हाइड्रोपावर कम्पनी, स्वाभिमान लघुवित्त वित्तीय संस्था र घलेम्दी हाइड्रोको शेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएका हिमालयन लघुवित्त र थ्रीस्टार हाइड्रोपावरको शेयरमूल्य यस दिन साढे ५ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा यस दिन एनआईसी एशिया बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन ८ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ। यस दिन सन नेपाल लाइफ इन्स्योरेन्सको साढे ७ करोडको शेयर कारोबार भएको छ भने रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको ७ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।

१३ उपसमूहमध्ये यस दिन १२ उपसमूहको परिसूचक बढेको छ भने एक उपसमूहको परिसूचक घटेको छ। यस दिन जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक ३.०९ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन वित्त, लगानी, जीवन बीमा र लघुवित्त उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक ०.१८ प्रतिशत घटेको छ।




सुदन गुरुङमाथि हमलाकाे प्रयास

Sep 14, 2025 05:12 PM

जेनजी आन्दाेलनकाे नेतृत्व गरिरहेका हामी नेपाल संस्थाका नेता सुदन गुरुङमाथि भर्खरै हमलाकाे प्रयास भएको छ । रिपोर्टर्स क्लबकाे पत्रकार सम्मेलनकाे क्रममा हमला प्रयास हुँदा उध्दारका निम्ति प्रहरी पुगेको छ।