६५ प्रतिशत भौतिक पूर्वाधार बनेपछि मात्रै हाइड्रोपावरले आइपीओ निष्काशनको स्वीकृति पाउने

Sep 26, 2023 04:51 PM MeroLagani

हाइड्रोपावर कम्पनीले भौतिक पूर्वाधारको ६५ प्रतिशत काम पुरा भएको प्रमाण पेश गरेपछि मात्रै नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट आइपीओ जारी गर्न स्वीकृति पाउने भएका छन् ।

हाइड्रोपावरको आइपीओ जारी गर्ने र हकप्रद शेयरको व्यवस्थापनको लागि सेबोन र स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)बीच भएको छलफलमा यो सहमति भएको हो । सहमतिका बुँदाहरु धिताेपत्र दर्ता तथा निष्काशन नियमावली स‌ंशाेधन गरेर थपिने बाेर्डले जनाएकाे छ ।

हाइड्रोपावर प्रबद्र्धकहरुले विद्युत उत्पादनमा ध्यान केन्द्रित गर्नुभन्दा पनि शेयर बजारबाट कसरी बढी भन्दा बढी पुँजीगत लाभ लिने भन्ने विषयमा मात्र केन्द्रित भएर कार्यहरु हुन थालेको आरोप लागेपछि धितोपत्र बोर्ड यसलाई व्यवस्थित गर्न इप्पानसँग सल्लाहमा यो निर्णयमा पुगेको हो ।

दुई संस्थाको बीचमा सहमतिमा आइपीओ प्रक्रिया अगाडि बढाउन नै हाइड्रोपावर आयोजनाको भौतिक प्रगति ५० प्रतिशत भएको हुनुपर्ने र कम्पनीले ऋण लिएको सम्बन्धित बैंकबाट प्रमाशित गरेको हुनुपर्ने समेत व्यवस्था छ ।

आइपीओबाट संकलन गरेको रकम ऋण भुक्तानीमा प्रयोग गर्ने वा चालु परियोजना सम्पन्न गर्ने प्रयोग गर्ने भन्ने विषयमा सम्बन्धित सञ्चालक समितिको प्रतिबद्धता पेश गर्नुपर्ने र परियोजनाको प्रतिफल (आइआरआर) १२ प्रतिशतभन्दा बढी हुनुपर्ने व्यवस्था समेत सहमतिमा छ ।

इप्पान र सेबोनबीच भएको सहमतिमा हकप्रद निष्काशन प्रक्रियालाई समेत थप व्यवस्थित बनाउने प्रयास गरिएको छ । हकप्रद निष्काशन गर्ने हाइड्रोपावर कम्पनीको नेटवर्थ चुक्ता पुँजी भन्दा बढी हुनुपर्ने, विद्युत उत्पादन भइसकेको हाइड्रोपावरलाई मात्रै हकप्रद निष्काशन गर्न दिइनेछ । ऋण चुक्ता गर्न वा थप लगानी गर्न हकप्रद निष्काशन गर्न लागेको हो, सो प्रयोजन खुलाएर मात्रै निवेदन दिनुपर्ने र नयाँ परियोजनाको लागि हकप्रद निष्काशन गर्ने सवालमा भने दुई पटकमा रकम उठाउन सक्ने गरी सहमति गरिएको छ ।

त्यसैगरी संस्थापकहरुको लक इन पिरियड खुलाउने सम्बन्धमा विद्यमान व्यवस्थालाई परिमार्जन गरी हाइड्रोपावरले विद्युतको व्यापारिक उत्पादन गरिसकेपछि मात्रै खुल्ने व्यवस्था गर्ने सहमति भएको छ । अहिलेको व्यवस्थता अनुसार सर्वसाधारणको आइपीओ बाँडफाँड भएको मितिले ३ वर्षपछि संस्थापक शेयरधनीले पनि साधारण शेयरधनी सरह शेयर बेच्न सक्ने व्यवस्था छ । हाइड्रोपावर कम्पनीका संस्थापक शेयरको लकइन खुलेको जानकारी सेबोन, नेप्से र राष्ट्रियस्तरका दैनिक पत्रिका र कम्पनीको वेवसाइटमा समेत दिनुपर्ने व्यवस्था समेत सहमतिमा गरिएका छ । सेबोन र इप्पानबीच भएका सहमतिका थप बुँदाहरु यसप्रकार छन् :


comments powered by Disqus