“एक नेपाली, एक डिम्याट खाता” अभियानलाई अझ प्रभावकारी रुपमा देशव्यपी संचालन गर्ने मुख्य उद्देश्यका साथ एनआईसी एशिया क्यापिटल लिमिटेड, एनआईसी एशिया क्यापिटलको शाखा कार्यालयहरु तथा एनआईसी एशिया अनलाइन डिम्याट सेवाबाट असाेज १४ गतेदेखि मंसिर १५ गतेसम्म याे छुट सेवा दिइने भएकाे हाे ।
हाल एनआईसी एशिया क्यापिटलको निक्षेप सदस्य सेवा अन्तर्गत संचालनमा रहेका विशेष अफर तथा योजनाहरु निम्न अनुसार रहेका छन् ।
विशेष अफर/योजनाहरु योजना अन्तर्गतका विशेषताहरुः
१. एक नेपाली, एक डिम्याट खाता योजना अन्तर्गत एनआईसी एशिया बैंकको सम्पूर्ण शाखा कार्यालयहरुबाट विभिन्न सेभिङ्ग खाताहरु खोल्दा निःशुल्क रुपमा डिम्याट खाता खोल्न सकिने ।
२. एनआईसी एशिया स्टुडेन्ट डिम्याट याेजनामा विद्यार्थीहरुलाई निःशुल्क डिम्याट तथा मेरो शेयर खाता खोलिदिने तथा पहिलो वर्षको डिम्याट नविकरण शुल्क छुट हुने ।
३. एनआईसी एशिया डिफरेन्टली एबल डिम्याट याेजना अन्तर्गत शारीरिक तथा मानसिक कमि कमजोरी भई असक्त भएका ‘क’ तथा ‘ख’ वर्गका असक्त व्यक्तिहरुलाई निःशुल्क रुपमा डिम्याट तथा मेरो शेयर खाता खोल्ने सुविधा रहेको ।
४. एनआईसी एशिया अनलाइन डिम्याट सेवा अनुसार क्यापिटलको वेभसाईटमा गई अनलाइन मार्फत निःशुल्क डिम्याट खाता खोल्न सकिने तथा रितपूर्वक विवरण भरेको एक घण्टा भित्र डिम्याट खाता उपलब्ध गराइने ।
५. ९९९ वैदेशिक रोजगार डिम्याट योजना अन्तर्गत वैदेशिक रोजगारीमा रहेका तथा विदेशमा रहेका नेपालीहरुले ९९९ रूपैयाँमा भुक्तानी गरी आजिवन डिम्याट खाता संचालन गर्न सक्नेछन् ।
६. ९९९ लाइफटाइम डिम्याट खाता योजना एकमुष्ठ ९९९ रूपैयाँ भुक्तानी गर्दा डिम्याट खाता आजिवन नविकरण हुने हुँदा वार्षिक रुपमा नविकरण गर्ने झन्झट तथा शेयर बिक्री गर्दा क्लाेज आउट पर्ने सम्भावना नरहने ।
माथि उल्लेखित योजनाहरु २०८१ साल असार मसान्तसम्म संचालनमा रहने छन्।