चार लघुवित्तले घोषणा गरे लाभांश, धेरैको जोड ‘बोनस’ मा, एनआईसी एशिया बैंकले बोनस दिँदा एशिया लघुवित्तको यसकारण ‘नगद’

Nov 01, 2023 01:55 PM Merolagani

अहिलेसम्म चार लघुवित्तले मात्र लाभांश घोषणा गरेका छन् । चालु आर्थिक वर्ष सकिएको साढे तीन महिना हुँदासम्म पनि गत वर्षको लाभांश घोषणा चार लघुवित्तले मात्र गरेका हुन् ।

लाभांश घोषणा गरेका मध्ये एनआईसी एशिया लघुवित्त बाहेक सबैले बोनस लाभांश वितरण गर्ने घोषणा गरेका छन् । एनआईसी एशिया लघुवित्तले भने नगद लाभांश मात्रै दिने घोषणा गरेको छ । उक्त लघुवित्तले १५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ ।

एनआईसी एशिया लघुवित्त बाहेक अन्य तीन लघुवित्तले बोनस वितरण गर्ने प्रस्ताव गरेका छन् । ती तीन लघुवित्तले कर प्रयोजनका लागि मात्र नगद दिने भएका हुन् ।

अहिलेसम्म लाभांश घोषणा गरेका मध्ये सबैभन्दा बढी लाभांश युनिक नेपाल लघुवित्तको छ । युनिक नेपाल लघुवित्तले बोनस १९ र कर प्रयोजनका लागि १ प्रतिशत नगदसहित २० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । दोस्रो धेरै लाभांश घोषणा गर्नेमा एनआईसी एशिया लघुवित्त रहेको छ । उक्त लघुवित्तले १५ प्रतिशत नगद लाभांश दिने भएको छ ।

तेस्रो धेरै लाभांश घोषणा गर्नेमा स्वाबलम्बन लघुवित्त रहेको छ । स्वाबलम्बन लघुवित्तले १२.३५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.६५ प्रतिशत नगदसहित १३.०१ प्रतिशत लाभांश घोषणा गरेको छ ।

यसैगरी, आरएसडीसी लघुवित्तले ८.६ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.४५ प्रतिशत नगदसहित ९.०५ घोषणा गरेको छ ।

आर्थिक वर्ष सकिएको लामो समय हुँदा पनि कुल ५७ मध्ये चार लघुवित्तले मात्र लाभांश घोषणा गरेका छन् । अझै ५० भन्दा बढी लघुवित्त लाभांश घोषणा गर्न बाँकी छन् ।

यता, २० वाणिज्य बैंक (राष्ट्रिय वाणिज्य बैंक समेत) मध्ये ७ ले लाभांश घोषणा गरिसकेका छन् । ती मध्ये केही बैंकले नगद, केहीले बोनस र नगद तथा केहीले बोनस मात्र बितरण गर्दै छन् ।

एनआईसी एशिया बैंकले कर प्रयोजन बाहेक २९ प्रतिशत बोनस शेयर मात्र वितरण गर्दा उक्त बैंकको सहायक कम्पनी एनआईसी एशिया लघुवित्तले भने १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

एनआईसी एशिया बैंकले बोनस शेयरलाई प्राथमिकता दिँदा उसको सहायक कम्पनी एनआईसी एशिया लघुवित्तले भने नगदलाई जोड दिएको छ ।

किन त ? आम लगानीकर्ता यही प्रश्न गरिरहेका छन् । एनआइसी एशिया बैंकको २९ प्रतिशत बोनस वितरण गरेर पनि चुक्ता पुँजी १४ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ मात्र पुगेको छ । जवकि मर्जर र एक्विजिनमा गएका अरु बैंकहरुको चुक्ता पुँजी एनआईसी एशियाको भन्दा दोब्बर भन्दा बढी भइसकेको छ ।

एनआईसी एशिया बैंकले अरु बैंकसँग प्रतिस्पर्धा गर्न पनि चुक्ता पुँजी बढाउनु पर्ने बाध्यता भएका कारण उसले बोनस मात्र दिएको हो । आगामी दिनमा पनि एनआईसी एशिया बैंकले बोनस शेयर नै वितरण गर्दै चुक्ता पुँजी बढाउनु पर्ने बाध्यता छ ।

एनआईसी एशियाको चुक्ता पुँजी बढाउनुको अर्को बिकल्प अरु बैंकसँग मर्जर वा एक्विजिसनमा गएर पनि हुन सक्छ । तर, एनआईसी एशिया बैंक तत्काल मर्जर वा एक्विजिसनमा जाने सम्भावना नभएको बैंक स्रोतको भनाइ छ ।

यता, एनआईसी एशिया बैंकको सहायक कम्पनी एनआईसी एशिया लघुवित्तले यसपाली नगद मात्रै दिएको छ । उक्त लघुवित्तको चुक्ता पुँजी १ अर्ब ७३ करोड ९४ लाख रुपैयाँ पुगेको छ । यो केही लघुवित्तलाई छाडेर धेरै चुक्ता पुँजी भएको लघुवित्त भएको छ । त्यसैले पनि बोनस दिनु भन्दा नगद दिनु नै उपयुक्त ठानेको एनआईसी एशिया लघुवित्तको भनाइ छ ।

comments powered by Disqus

टप ब्रोकरको रोजाईमा कुन कम्पनी ?

Jul 18, 2024 06:13 AM

शेयर बजार बढेसँगै पछिल्लो समय कारोबार रकममा समेत उछाल आउन थालेको छ । बुधबार नेप्से परिसुचक ५४.०४ अंकले बढेर २३ सय ६४ दशमलब ६३ विन्दुमा पुग्दा १२ अर्ब ५ करोड रुपैयाँको शेयर कारोबार भएको छ जुन ३५ महिना यताकै उच्च हो भने नेप्से परिसुचक समेत २६ महिना यताकै उच्च विन्दु हो ।