साना किसानको खुद नाफा बढ्यो, वितरणयोग्य मुनाफा करिब २ अर्ब

Nov 10, 2023 10:16 AM Merolagani

साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड (SKBBL) ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार लघुवित्तको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा लघुवित्तले ३० करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २९.४८ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले २३ करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

लघुवित्तको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै खुद नाफा बढ्न पुगेको हो। असोज मसान्तसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा १ अर्ब ९० करोड ११ लाख रुपैयाँ रहेको छ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १९.८६ प्रतिशत बढेको छ। त्यसैगरी, लघुवित्तको कुल सञ्चालन आम्दानी १९.८८ प्रतिशत र सञ्चालन मुनाफा २९.७० प्रतिशत बढेको छ।

लघुवित्तको निष्क्रिय कर्जा समीक्षा अवधिमा ०.७५ प्रतिशतबाट बढेर ०.८१ प्रतिशत पुगेको छ। यससँगै लघुवित्तले इम्पेरमेन्ट चार्जबापत १ करोड ९६ लाख रुपैयाँ छुट्याएको छ।

नाफा बढेपनि लघुवित्तको प्रतिशेयर आम्दानी भने घटेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी २३ रुपैयाँ ३३ पैसा घटेर ३६ रुपैयाँ १९ पैसामा झरेको छ। असोज मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ २६८ रुपैयाँ ८० पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २४.०४ गुणा रहेको छ।

३ अर्ब ३३ करोड १६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ५ अर्ब ६२ करोड ३९ लाख रुपैयाँ सञ्चित छ। लघुवित्तको जगेडा कोष समीक्षा अवधिमा ६.७३ प्रतिशत बढेको हो। असोज मसान्तसम्ममा लघुवित्तले २१ अर्ब २ करोड ८९ लाख रुपैयाँ निक्षेप तथा सापटीबाट ४० अर्ब ५५ करोड ९६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।