यसकारण बजारमा आयाे राैनक, अब बजार बढ्ने नै हाे त ?

Nov 26, 2023 03:22 PM Merolagani

साताको पहिलो कारोबार दिन बजारमा आज उछाल आएको छ । आज बजार बढेर १९०७‍.९५ विन्दुमा पुगेकाे छ । यसअघि बजारका लागि सकारात्मक समाचारहरु आए पनि खासै उत्साह आउन सकिरहेको थिएन ।

तर आजको बजारमा उत्साह ल्याएको छ । आंइतबारको बजार ४७ अंकले बढेर १९०७.९५ मा पुगेको छ भने दुई अर्ब रुपैयाँ भन्दा धेरैको शेयर खरिद बिक्री भएको छ ।

युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईंकाे प्रदर्शनले बजारमा मर्का पर्न सक्ने आँकलन गरिएको कारण बजार साईडवेजमा थियो । जसकारण बजारमा लागि देखिएका सकारात्मक गतिविधिहरु ओझेलमा परेको थियो । तर ती आन्दोलनले पनि केही फरक नपार्ने भएपछि बजारले राम्रो गति समाएको लगानीकर्ता एसपी चौलागाईँले बताए ।

"उक्त आन्दोलनमा बैंकको साँवा ब्याज मिनाहा हुने हल्ला थियो । त्यो सम्भव पनि थिएन । मिनाहा हुन सक्छ भन्ने भ्रम पनि सकिएको छ । त्यसैले गर्दा अब बजार बढ्ने नै हो", -चौलागाईले भने ।

१८१६ सयको विन्दुलाई टेको लाउँदै बजारले गति समाएको छ । विगत तीन कारोबार दिनदेखि बढेको बजार आज १९ सय माथिको विन्दुमा पुगेर बन्द भएको छ।

त्यसैगरी, नेपाल सरकारले लगानी सम्मेलन गर्ने तयारी गर्दैछ । यसको प्रभाव पनि बजारमा सकारात्मक रुपमा पर्ने जानकारहरुको बुझाई छ । अब बजारमा नकारात्मक भन्दा सकारात्मक कुरा धेरै छ । ब्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर करिब १० प्रतिशत अर्थात औसत ९.६३ प्रतिशतमा झरेको छ । दोहोरो अंकमा रहेकाे बैंककाे ब्याजदर एकल अंकमा झरेका छन् । औसत सिडि रेसियो ८१.०५ प्रतिशतको लाईनमा छ । कर्जा लिन इच्छुकहरुले एकल अंकमा कर्जा प्राप्त गर्न सक्ने सम्भावना बढेको लगानीकर्ताहरुको बुझाई छ ।

बजारको नियामक निकाय धितोपत्र बोर्डले म्युचुअल फन्डहरुले आरक्षणमा पाएको शेयर ६ महिनाका लागि लक हुने व्यवस्था गरेको छ । यसले बजारमा फण्डमार्फत आएको सप्लाईलाई नियन्त्रण गर्ने देखिएर पनि बजार बढेकाे छ ।

उता राष्ट्र बैंकले माैद्रिक समीक्षा मार्फत केही सुधारकाे संकेत दिएकाे छ । यसले पनि प्रभाव परेकाे देखिन्छ ।

comments powered by Disqus

टप ब्रोकरको रोजाईमा कुन कम्पनी ?

Jul 18, 2024 06:13 AM

शेयर बजार बढेसँगै पछिल्लो समय कारोबार रकममा समेत उछाल आउन थालेको छ । बुधबार नेप्से परिसुचक ५४.०४ अंकले बढेर २३ सय ६४ दशमलब ६३ विन्दुमा पुग्दा १२ अर्ब ५ करोड रुपैयाँको शेयर कारोबार भएको छ जुन ३५ महिना यताकै उच्च हो भने नेप्से परिसुचक समेत २६ महिना यताकै उच्च विन्दु हो ।