मुक्तिनाथ कृषि कम्पनीको आईपीओ बाँडफाँट

Dec 05, 2023 10:08 AM Merolagani



मंसिर १९ गते, मंगलबार, मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेडको कार्यालयमा सो आईपीओ बाँडफाँट भएको हो।

कम्पनीले मंसिर ८ गतेदेखि १२ गतेसम्म सर्वसाधारणका लागि ११ लाख ४८ हजार कित्ता शेयर निष्काशन गरेको थियो। सो शेयरमा कुल १३ लाख ४० हजार १९९ आवेदन परेको बिक्री प्रबन्धकले जनाएको छ। बिक्री प्रबन्धकका अनुसार कुल आवेदनमध्ये १२ लाख ७४ हजार ५६७ आवेदन स्वीकृत भएका छन् भने बाँकी आवेदन रद्द भएका छन्।

मागभन्दा बढी आवेदन परेका कारण धितोपत्र बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँडफाँट गरिएको छ। जसअनुसार १ लाख १४ हजार ८०० आवेदकले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन्।




नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव, बोनस र नगद कति?

Sep 06, 2026 10:06 PM

नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट कूल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।