शिखर इन्स्योरेन्सका शेयरधनीहरुको पनि हुने भयो हात खाली

Feb 18, 2024 09:56 AM Merolagani



शिखर इन्स्योरेन्स (SICL) का शेयरधनीहरुको पनि हात खाली हुने भएको छ। अर्थात इन्स्योरेन्सले पनि गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ।

फागुन ४ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षसम्मको नाफा सञ्चित कोषमै सञ्चित गर्ने निर्णय गरेको हो। सोही अनुसार इन्स्योरेन्सले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल बीमा प्राधिकरण पठाएको छ।

 




सोमबार देखि नयाँ सर्किट व्यवस्था लागू हुँदै: अब एकै दिन १५ प्रतिशतसम्म मूल्य घटबढ हुन पाउने

Apr 17, 2026 11:48 AM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले शेयर बजारको कारोबारलाई थप फराकिलो र चलायमान बनाउन ल्याएको ‘धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५’ को नयाँ व्यवस्था आगामी सोमबार अर्थात् वैशाख ७ गतेदेखि कार्यान्वयनमा आउने भएको छ।