कांग्रेस नेता गणेश लामाले ग्यापूका संस्थापक ज्ञानेन्द्र खडकालाई अपहरण गरेको आरोप,२० करोड फिरौती मागेकाे दावी

Feb 21, 2024 05:00 PM Merolagani



गैरआवासीय नेपाली तथा नेपालमा अनलाइन व्यापार ग्यापू मार्केट प्लेसका सञ्चालक ज्ञानेन्द्र खडकालाई अपहरण गरी फिरौती स्वरुप करोडौंको लेनदेनको कागज गरेको रहस्य खुलेको छ ।

नेपालमा रिसोर्ट समेत सञ्चालन गर्दै आएका खड्कालाई सत्तारूढ नेपाली कांग्रेसका नेता गणेश लामा समूहलेबन्धक बनाइ फिरौतीस्वरूप सो कागजात गराएको पाइएको हो । बुधबार सामाजिक सञ्जालमा विज्ञप्ती सार्वजनिक गर्दै ८ घण्टा बन्धक बनाएर २० करोड फिरौती मागेको बताएका छन्।

खडकाले एक विज्ञप्ति जारी गर्दै सो समूहको आपराधिक कार्यको गरेको बताएका छन । खडकाका अनुसार लामा समुहले २०८० साल पुष २३ गते ललितपुर जिल्ला धोलाहिटी आदर्सटोलबाट अपहरण गरी सानेपा स्थित लण्डन हाउस होटलमा लगेर ८ घन्टा भन्दा बढी कोठामा थुनेर बन्धक बनाइ धम्की र त्रास बिच करकापमा फिरौती स्वरुप करोडौंको लेनदेनको कागज गरेको बताएका छन ।

खडकाले जारी गरेको बिज्ञप्तिमा भनिएको छ,‘डकैतहरुलाई पैसामोह भए जस्तै हामीलाई ज्यानको सुरक्षा महत्वपूर्ण भएकाले समयमै सार्वजनिक गर्न सकिएन । यहाँबाट निस्केर घरपरिवारलाई भनिस्, पुलिसकोमा गइस् भने राम्रो हुँदैन भनेर त्रसित गरेकाले दिमागी रुपमा समेत ठूलो असर परेको छ ।पहिले आफू र परिवार सुरक्षित स्थानमा हुनु र अपराधीलाई कानूनी कठघरामा उभ्याउनु मेरो प्रमुख प्राथमिकता थियो । त्यसैले आज सबै कानूनी प्रक्रिया सकेपछि हिम्मत जुटाएर यो लेख्दैछु ।’




यस्ता छन् मन्त्रिपरिषद् बैठकका तीन निर्णय, सुकुम्वासी बस्ती हटाउने बिषय उठेन

Apr 23, 2026 01:19 PM

सरकारले महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा प्रहरीलाई नै प्रयोग गर्न दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले प्रहरी प्रतिष्ठानको १ सय १४ रोपनी तीन आना जग्गा प्रतिष्ठानलाई नै प्रयोग गर्न दिने निर्णय गरेको हो ।