आईटीका सामान मात्रै बेच्ने इकमर्श कम्पनी ‘डिजिटल साहुजी' सञ्चालनमा

Feb 22, 2024 04:51 PM Merolagani



नेपालमा सूचना प्रविधिका समान मात्र बेच्ने नयाँ डिजिटल इकमर्श प्लाटफर्म डिजिटल साहुजी सञ्चालनमा आएको छ । काठमाडौंमा एक कार्यक्रम गर्दै यो कम्पनी सुरु भएको हो ।

डिजिटल साहुजी सञ्चालनमा ल्याएको कम्पनीका संस्थापक प्रमुख कार्यकारी अधिकृत राजन न्यौपानेले विगत सात वर्षसम्म बजारको अनुसन्धान तथा परीक्षण गरेर बजारमा आएको बताए ।

आईटीसँग सम्बन्धित सामान डेलिभरी गर्दै आएको स्काई टेक प्रालिको ‘सिस्टर कम्पनी’ का रुपमा डिजिटल साहुजी रहने उनले बताए ।

उनले भने ‘डिजिटल साहुजीले आईटी शपिङलाई सहज र पहुँचयोग्य बनाउने मात्र नभइ ग्राहकको शपिङ, सिकाइ र व्यावसायिक यात्रालाई सहयोग पुर्‍याउछ।’ 

 




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।